रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। दक्षिण कोरियाको किम्फोमा ६ अप्रिल आइतबारका दिन क्रियटिभ एमबिसन नेपाल (CAN) ले एमआरपी राहदानीको फर्म संकलन गरेको छ।

कोरियाको किम्फो माइग्रेन्ट सेन्टरमा नेपालीहरुलाई सहज बनाउन गरेको एमआरपी राहदानीको फर्म संकलनमा करीब १०० जना नेपालीहरुले फर्म भरेका थिए। किम्फो तथा इन्छन एरियाका नेपालीहरुलाई लक्षित गरेर एमआरपी फर्म संकलन गरिएतापनि धेरै टाढा टाढाबाट पनि नेपालीहरु फर्म भर्न आएका छन्।

यो संकलन गरेको सबै फर्महरु नेपाली राजदूताबासमा बुझाउने तथा पछि किम्फोमा नेपाली राजदूताबासको घुम्ती सेवा टोली आउंदा त्यहीं फर्मको आधारमा एमआरपी बनाइने CAN का सल्लाहकार तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उपसंयोजक उमेश बस्नेतले बताए। CAN का सल्लाहकार बस्नेतले घुम्ती टोली आउदा भिडभाड हुने र समय बेसी लाग्ने कारणले गर्दा अहिले नै फर्महरु भरे सहज छिटो छरितो र शुद्धता पाउन सकिने बताए।

त्यसै गरि क्रियटिभ एमबिसन नेपाल (CAN) का उपध्यक्ष गजेन भट्टले नेपाली साथीहरुलाई सहज बनाउन फर्म संकलन कार्य आउदो हप्ता अप्रिल १३ तारिख आइतबार पनि गर्ने बताए। सो दिन बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म फर्म संकलन गर्ने तथा इच्छुक नेपाली साथीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।

बिस्तृत जानकारीको लागिः
Creative Ambition Nepal (CAN) सल्लाहकार उमेश बस्नेत 01057734848
Creative Ambition Nepal (CAN) का अध्यक्ष – रोहित गुरुङ 01064687190
Creative Ambition Nepal (CAN) का उपाअध्यक्ष – गजेन भट्ट 01046362042
Creative Ambition Nepal (CAN) का सचिब दिपक गौतम 01021791102
Love In Nepal का अध्यक्ष कैलाश कार्की ०१०७४१०५८३०

MRP को लागि आबश्यक कागजात
* 35mm /45mm size को passport size को फोटो ३ प्रति
* हस्तलिखित passport को photocopy १ प्रति
* नागरिकता को photocopy १ प्रति
* लाग्ने शुल्क- korean won 1,87,500

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस