विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, २३ चैत्र। गत बर्ष अप्रिल १४ का दिन संचारकर्मी रवि लामिछानेले बिश्वले नेपाल चिन्ने छ भन्दै अभियानको घोषणा गर्दै बुद्ध नेपालमा जन्मेका भन्ने बिषयमा केन्द्रित रही सबै भन्दा लामो टेलिभिजन (दूरदर्शन) अन्तरवार्ता लिई बिश्व किर्तिमान गरि बिश्व गिनीज पुस्तकमा नाम लेखाएकै दिन बुद्ध नेपालमा जन्मेका हुन् भनि १० लाख हस्ताक्षर संकलन गरिने छ भनि घोषणा गरिएको रवि लामिछानेको विश्व किर्तिमानले एक बर्ष नपुग्दै पूर्णता पाएको छ।

फाइल तस्वीरः विश्व किर्तिमानको प्रमाणपत्रसहित लामिछाने (ढाका टाेपीमा)।

१० लाख हस्ताक्षर संकलन भै सकेकोले राष्ट्र संघका महासचिब बान्की मुनलाई जानकारी गराउने पत्राचारको प्रक्रिया सुरु भै सकेको र न्यु योर्कस्थित राष्ट्र संघमा संकलित १० लाख हस्ताक्षर बुझाउने भएकोले अमेरिका भरि रहेका सम्पूर्ण संघ तथा संस्था तथा नेपाली समुदायलाई उक्त दिनमा सहभागी हुन् सबैलाई आग्रह गरिएको छ। राष्ट्र संघमा उक्त हस्ताक्षर बुझाएपछि न्युयोर्क राष्ट्र संघमार्फत महासचिब बान्की मुनलाई बुद्धको पावन जन्म स्थान लुम्बिनीमा बोलाउने कार्यक्रम समेत रहेकोले सोही अनुसार निमन्त्रणा गरिने रवि लामिछानेले बताए।

मिति र कार्यक्रमको खाका तैयार भै रहेकोले नेपाली समुदायका सम्पूर्ण सदस्यहरुलाई राष्ट्रिय नेपाली पोशाक, आ-आफ्ना जातजाति र संस्कृति झल्काउने प्रकारका पहिरनका साथ न्यु योर्क राष्ट्र संघ भवनमा सक्रिय सहभागी हुन् आग्रह गर्दै छिटो भन्दा छिटो सूचना गरिने जानकारी लामिछानेले दिए।

विश्व कीर्तिमानी संचारकर्मी लामिछानेले एक बर्ष समय राखिएको भएता पनि उक्त समयभित्र नै १० लाख हस्ताक्षर संकलन गर्न सकिएकोमा हर्ष व्यक्त गर्दै अझ बिधुतिय संजाल मार्फत हस्ताक्षर संकलन समाप्त नभएकोले उक्त अभियान जारी रहने छ भन्दै क्यालिफोर्नियाका समाज सेवी तथा एड्मायर नेपालका सल्लाहकार प्रेम गुरागाईको नेतृत्वमा उक्त अभियानको दर्ता प्रकिया पनि सुरु गरिने भएको छ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियान एडमायेर नेपालको पहलमा गरिएको हो भने उक्त अभियानका आयोजकहरुमा न्युज २४ टेलिभिजन, वेलकम ईवेन्ट व्यवस्थापन, एडमायेर नेपालका उपाध्यक्ष रवि लामिछाने तथा सल्लाहकार प्रेम गुरागाई रहेका छन्। १० लाख हस्ताक्षर अभियानमा सहयोग पुर्याउने सबैलाई विश्व कीर्तिमानी लामिछानेले धन्यवाद दिएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.