एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाल आदिवासी जनजाति महासंघ हङकङ र नेपाली महावाणिज्यदूत हङकङबीच कार्यवातावरण बनाउँने क्रममा सम्पन्न दोस्रो चरणको वार्ता भङ्ग भएपछिको विकसित परिस्थितिमा महासंघद्वारा गठित वार्ता समितिको ३ अप्रिल २०१४ का दिन सम्पन्न बैठकले निम्न निर्णय गरेको छ।

१. नेपाल आदिवासी जनजाति महासंघ हङकङको आन्दोलनलाई सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्ने।
२. विरोध कार्यक्रम निरन्तर रुपमा अघि बढाइने भएकोले सम्पूर्ण संघसंस्थालाई सहयोगको लागि आग्रह गर्ने। महावाणिज्यदूत महेशप्रसाद दाहाल उपस्थित हुने कुनै पनि कार्यक्रममा स्थानीय कानुनको परिधिमा रहेर प्रदर्शन गर्ने।
३. विरोध कार्यक्रम अन्तर्गत धर्ना, र्याली र प्रदर्शनीको कार्यक्रम निकट भविष्यमा सार्वजनिक गर्ने।
४. दोस्रो चरणको वार्ता भङ्ग भए पनि महासंघको आन्दोलनका लागि उपलब्धि प्राप्त हुने अवस्थामा वार्तालाई निरन्तरता दिने।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस