Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बुढा सुब्बा गोल्डकपः थ्री स्टार फाइनलमा, हङकङ नेप्लिज पराजित (+Video)

थ्री स्टार फाइनलमा, हङकङ नेप्लिज टिम पराजित
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १६ चैत्र । तीन पटकको विजेता मेघा थ्री स्टार धरानमा जारी १४औं अन्तर्राष्ट्रिय आमान्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

धरानस्थित एन्फा एकेडेमीको मैदानमा विहीवार भएको अन्तिम सेमीफाइनलमा पहिलो पटक सहभागी हङकङ नेप्लिज फूटबल टिमलाई २ का विरुद्ध ३ गोलले पछि पार्दै थ्री स्टार अपाधि नजिक पुगेको हो।

तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

थ्रीस्टारले अव १८ गते चिरप्रतिद्वन्द्वी साविक विजेता मनाङ मर्स्याङ्दीसँगको उपाधिका लागि भिडन्त गर्ने छ। थ्री स्टारको लागि क्याप्टेन विषन गौचन, सन्तोष साहुखल र निराजन खड्काले गोल गरेका थिए भने हङकङको लागि बिशाल राई र विजु लिम्बूले गोल गरेका थिए।

खेलसुरु भएको ४ मिनेटमा हङकङका विशालले टंक वस्नेतको पासलाई सदुपयोग गदै गोल पहिलो गोल गरेका थिए। विशालको गोलसंगै १ गोल गरेपछि आक्रमक बनेको थ्रस्टारको लागि पहिलो विषन गौचनले हाफको २३ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। उनले सन्तोष साहुखलले पेनाल्टी एरियावाट गरेको प्रहार सेकेण्ड बारमा ठोक्किएर ड्रप भएको बललाई गोलमा परिणत गर्दै थ्री स्टारलाई बराबरीमा पुर्र्याएका थिए।

हङकङलाई सुरुवातदेखि नै दवावमा राखेको थ्रीस्टरको लागि पहिलो हाफ कै ३६ मिनेटमा सन्तोष साहुखलले दोस्रो गोल गरेका थिए। उनले बिक्रम लिम्बूको त्रस पासलाई सदुपयोग गर्दै गरेको बल प्रहारले जाली चुमेपछि थ्री स्टार १ गोलले अगाडि वढेको थियो। उनको गोलसंगै पहिलो हाफ २ १ मा सकिएको थियो।
Watch Video: Three Star VS Hong Kong Nepalese Football Team

१ गोलले अगाडि रहेको थ्री स्टार दोस्रो हाफमा आक्रमक रुपमा मैदानमा देखा परेको थियो। अधिकांश समय हङकङलाई दवावमा राखेको थ्री स्टारको लागि अन्तिम गोल निराज खड्काले दास्रो हाफको ३० औ मिनेटमा गरेका थिए। उनले विषन गोचनले वाँया कर्नरबाट दिएको लामो पासलाई सदुपययोग गर्दै सुन्दर गोल गरेका थिए।

क्वाटरफाइनलमा अप्रिकन युनाइटेडलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरेको थ्री स्टारले आजको खेलमा पाएको एकदर्जन वढि मौका सदुयोग गर्न सकेको थियो। मिडमा राम्रो रहेको थ्री स्टारको खेल डिफेन्स र फिनिसिङमा भने केही समस्या देखिएको थियो। उता यति हिमालयन शेर्पालाई १ का विरुद्ध ३ गोलले पराजित गरी सेमीको यात्रा तय गरेको हङकङले पनि पाएका आधा दजैन मौका सदुयोग गर्न सकेको थिएन। स्ट्रयाकरहरु बिचको तामेल नमिल्दा हङकङ सेमीबाटै पराजित हुनु परेको थियो।

विहीवारको खेलको म्यान अफ द म्याच थ्री रस्टारका विषन गौचन भए। फाइनल खेल पर्सि शनिवार साविक विजेता मनाङ र थ्री स्टारबीच हुने छ।

मनाङ मर्स्याङ्दी फाइनलमा
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ चैत्र । साविक विजेता मनाङ मर्स्याङ्दी सुनसरीको धरानमा जारी १४औं आमन्त्रित बुढासुब्बा टुवोर्ग गोल्डको फाइनलमा प्रवेश गरेको छ।

तीन पटकको विजेता नेपाल प्रहरीलाई १ का विरद्ध ३ गालले पछि पार्दै मनाङ फाइनलमा प्रवेश गरेको हो।

पोखरामा भर्खरै सम्पन्न आहा गोल्डकप विजेता मनाङको लागि खेल शुरु भएको १३ मिनेटमा जर्सी नं. ११ का शिव श्रेष्ठले गोल गर्दै गोलको खाता खोलेका थिए। उनले सुजल श्रेष्ठको फ्रिकिक प्रहारलाई सदुपयोगले उत्कृष्ट गोल गरेका थिए। १ गोले अगाडि बढेपछि आत्रमक बनेको मनाङका लागि दोस्रो गोल पूर्वाद्धको इन्जुरी समयमा अनिल गुरुङको प्रहार ड्रप भइ फर्किएको बललाई पुनः प्रहार गदै म्यानआफ दि म्याच अमिर श्रेष्टले जाली चुमाएका थिए। उनको गोल संगै पूर्वार्द्धका २ – ० मा खेल सकिएको थियो। उत्तराद्धैको १० मिनेटमा प्रहरीका भरत खवासले मनाङका शिव श्रेष्ठलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीको सदुयोग गर्दै अनिल गुरङले निर्णायक गोल गरेका थिए। उनको गोलसंगै मनाङ ३ गोलले अगाडि वढेको थियो। मनाङले फाइनलमा हङकङक नेप्लीज र थ्रिस्टार बिचको विजेतासंग १८ गते भेट हुने छ।

तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

मनाङले तीन गोल गरेपछि केही आक्रमक बनेको पुलिसका क्याप्टेन जुमानु राईले उत्तर्रार्द्धको ३४ औ मिनेटमा एक मात्र सान्त्वना गोल गरेका थिए। उनले सुरज विकको फ्रिकिकको सदुयोग गर्दै गोल गरेका थिए।

शहीद स्मारक लिग विजेता पुलिसलाई मनाङले यसअघि आहा गोल्डकपमा समेत पहिलो चरणमा नै पराजित गरेको थियो भने गत वर्ष बुढासुब्बामा फाइनलमा पराजित गरेका थियो।

विहीवारको दोस्रो सेमी फाइनल पहिलो पटक सहभागी हङकङक नेप्लीज टिमविरुद्ध तीन पटकको विजेता थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ।

  हङकङ नेप्लिज क्लव सेमिफाइनलमा
एचकेनेपाल डट कम संवाददाता-
धरान, १४ चैत । हङकङ नेप्लिज फुटबल क्लव धरानमा जारी १४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्ड कप प्रतियोगितामा हिमालयन शेर्पालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बुढासुब्बा गोल कप प्रतियोगितामा सहभागी हुन पहिलो पटक हङकङबाट नेपाल आइपुगेको हङकङ नेप्लिज फुटबल क्लवले मंगलवारको खेलमा हिमालयन शेर्पालाई ३–१ ले पराजित गरेको हो।

यो खेलसंगै हङकङ नेप्लिज फुटबल क्लव अन्तिम चारमा प्रवेश गरेको छ भने हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ। धरानस्थित एन्फा खेल मैदान भएको प्रतियोगितामा हङकङ नेप्लिज फुटबल क्लवको तर्फबाट सागर थापा, टंक बस्नेत र क्यास्टोरी मुम्बाराले गोल गरे।

हेर्नुहोस् भिडियोः

हङकङ नेप्लिज फुटबल क्वलका खेलाडी टंक बस्नेतले २५ औं मिनेटमा गोल गरेका थिए। त्यसको २ मिनेटपछि नै हिमालयन शेर्पाका रुपेश केसीले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा हिमालयन शेर्पालाई दबाबमा राखेको हङकङ नेप्लिज फुटबल क्वलका लागि मुम्बाराले ८९ औं मिनेटमा एक गोल गरे भने अन्तिम मिनेटमा हिमालयन शेर्पाका पूर्व कप्तान सागर थापाले गोल थपे।

हिमालयनका शेर्पाका पूर्व कप्तान सागर थापा यस पटक हङकङ नेप्लिज फुटबल टिमबाट खेलेका थिए। सागर र हिमालयनबीच सम्झौता नवीकरण नभएका कारण उनी हङकङ नेप्लिज फुटबल क्लबबाट मैदानमा उत्रेका थिए। मंगलवारको म्यान अफ दि म्याच हङकङ नेप्लिज फुटबल क्लवका मुम्बारा घोषित भए उनले नगद पाच हजार हात पारे।

हङकङ नेप्लिज फुटबल क्लवले सेमिफाइनलमा थ्री स्टारसंग प्रतिस्पर्धा गर्नेछ।

मंगलवारको म्यान अफ दि म्याच हङकङ नेप्लिज फुटबल क्लवका मुम्बारा घोषित भए उनले नगद पाच हजार हात पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by