महेश राई / एचकेनेपाल डट कम-
हङकङ, हङकङ नेपाली तेक्वान्दो संघको बाह्रौ वार्षिक उत्सव ३० मार्च २०१४ का दिन काउलन पार्क स्पोर्स सेन्टरमा भव्यरूपमा सम्पन्न भयो।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

प्यट्रन र स्पाइरिङ खेलको आयोजना गरिएको उक्त उत्सवमा १७ तेक्वान्दो संगठनका ४०० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। बिहान ९ बजेबाट प्रारम्भ भएको खेलमा पुरूष र महिला समूहका खेलाडीले दुबै तर्फ खेल खेलेका थिए। खेलमा नेपाली, चीनियाँ, फिलिपिन्स, इन्डोनेसियन, र भारतीय लगायतका खेलाडीहरुको उपस्तिथि रहेको थियो।

नेपाली महाबाणिज्यदूत महेशप्रसाद दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा हङकङ तेक्वान्दो संघको चेयरमेन डा. सिऊँलगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित भएका थिए। फरेनर्स हङकङ तेक्वान्दो संघ सर्वोकृष्ट पहिलो उपाधि जित्न सफल भयो भने एभरेष्ट तेक्वान्दो एकेडेमी र न्यू जेनेरेसनले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेको थियो।

अन्तमा संस्थाका अध्यक्ष तुलसीकुमार गुरूङ र प्रमुख अतिथि नेपाली महाबाणिज्यदूत महेश प्रसाद दाहालले क्रमशः सम्पूर्णमा शुभ-कामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम अन्जु घिसिङ र आना वाङले संयुक्त रूपमा संचालन गरेका थिए। विजयी खेलाडीलाई पुरस्कार वितरण पश्चात् कार्यक्रम साँझ ८ बजे समापन भएको थियो।

हङकङमा एभरेष्ट तेक्वन्दो एकेडेमीले उन्नति गर्दै
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, आठ वर्षअघि हङकङमा स्थापना भएको एभरेष्ट तेक्वन्दो एकेडेमीले आइतवार सम्पन्न हङकङ नेप्लीज तेक्वान्दो एसोसिएसनको १२औं वार्षिक उत्सवमा ८ गोल्ड मेडल ९ सिल्भर २० व्राउन मेडलसहित दोश्रो स्थान हासिल गरेको छ।


स्पारिङ कम्पिटिसन र पूम्से गरि दुई विधामा ५३ खेलाडीले भाग लिएकोमा एभरेष्ट तेक्वन्दो एकेडेमीले ३७ मेडल र एक ट्रफी हात पारेको थियो। १२औ वार्षिक उत्सवमा डेढ दर्जन एसोसिएसन तथा एकेडेमिका चार सय खेलाडिले भाग लिएका थिए। उक्त खेलमा एभरेष्ट तेक्वन्दो एकेडेमीबाट अफिसियल जर्जको लागि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक, हङकङ तेक्वान्दो एसोसिएसनबाट कोच र रेफ्रि मान्यता प्राप्त पाचौं डान रविन कुमार नाल्बो र फोर्थ डान दिल प्रसाद लिम्बु रेफ्री रहेका थिए।

हङकङमा भइरहने तेक्वान्दो खेलमा एभरेष्ट तेक्वन्दो एकेडेमीले सवै खेल नछुटाएको एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रबिन कुमार नाल्बोले वताए। कुनै पनि खेलबाट आफ्नो एकेडेमिले लिएर रित्तो हात फर्केको संझना नभएको उनले वताए। चार महिना अघि भएको कङविङ कपमा ६ गोल्डसहित ३२ मेडल प्राप्त गरेको थियो। त्यस्तै, पाँच महिनाअघि हङकङ तेक्वान्दो एसोसिएसनबाट तीन गोल्डसहित १३ मेडल प्राप्त गरेको थियो।

खेल क्षेत्रमा लागेर खेल सिक्नुमा साथै सवै भन्दा ठूलो “अनुशासन” सिक्ने तथा राष्ट्रिय गौरव र राष्ट्रलाई चिनाउने खेलकुद मध्य एक तेक्वान्दो खेल पनि हो एभरेष्ट तेक्वन्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक नाल्बोले वताउछन्। एभरेष्ट तेक्वन्दो एकेडेमीले अन्तर्राष्ट्रिय स्तरमा अमेरिका, कोरिया, नेपाल, लगायतका खेलहरु समेत खेलिसकेको छ।

एकेडेमीमा मिलन राई, केशव तुम्बाहाङफे, प्रविन लिम्बु, सुवित सम्बाहाम्फे, सुरेन्द्र लिम्बु, मनिराज लिम्बु, विमल राई, इष्टिङ गाना, आना नुराईडासहित तीन रेफ्री, पाँच जना कोच रहेका छन्।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस