रोशन त्यागी/ एचकेनेपाल डट कम-
क्यालिफोर्निया, अमेरिका- नेपालको ताम्सालिंग भूमिमा पुर्खौली थाक थलो भई हाल अमेरिकाको क्यालिफोर्निया राज्यमा बर्षौदेखि बसोबास गर्दै आएका नेपाली भूमिपुत्र आदिबासी तामांग समुदायको आधिकारिक सामाजिक संस्था” तामांग को- अपरेटिभ सोसाईटी अफ क्यालिफोर्निया” को नंया कार्यसमितिको चयन भएको छ।

श्री राजेन्द्र लामाको अध्यक्ष्यतामा श्री निरज लामा र नरेन्द्र लामा सदस्य रहेको तीन सदस्यीय निर्बाचन समितिले नंया नेतृत्व संस्थाको बिधान अनुसार विधिवत रुपमा बुद्धिजीबी तथा समाजसेबी श्री प्रकाश लामा अध्यक्षमा र जनजाती माहासंघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको वर्तमान अध्यक्ष समेत रहनु भएका युवा नेता श्री रेशम तामांग संस्थाको महासचिबमा निर्बाचित भएको घोषणा भेलामा गर्यो।

यही मार्च ३०, २०१४ मा क्यालिफोर्निया राज्यको रिचमण्डमा भएको उक्त संस्थाको भेलामा जानकारी गराए अनुसार संगठनको आगामी बागडोर सम्हाल्ने निर्बाचित कार्य समिति सदस्यहरुमा:-
अध्यक्ष श्री प्रकाश लामा
प्रथम उपाध्यक्ष – श्री बुद्ध लो
द्धितिय उपाध्यक्ष – श्री राज कुमार बम्जन
माहा सचिब- श्री रेशम तामांग
सचिब- शोनाम लामा
कोषाध्यक्ष- सरिता स्याङ्बो
सह- कोषाध्यक्ष- श्रद्धा मोक्तान
सदस्यहरु क्रमस- बिना योञ्जन, राज कुमारी राई तामांग,दिलिप लामा, इन्दिरा लामा, निना लामा, प्रतिमा, रेनु लामा तथा बुद्ध शरण लामा रहेका छन्।

नब निर्बाचित कार्य समितिलाई निबर्तमान कार्य समितिको अध्यक्ष श्री रत्तु लामा र बरिष्ट समाजसेबी श्री बिध्यासगर योञ्जनले निर्बाचित भएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको पूर्ण सफलताको लागि शुभ कामनासमेत दिनु भएको थियो। उक्त अवसरमा तामांग समाजका अगुवाहरु श्री शेर लामा, ज्ञानदिप लामा, प्रेम लामा, कुमार दोङ्ग लगायतको उपस्थित रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस