धर्मराज अधिकारी /एचकेनेपाल डट कम-
लण्डन । सेफ पेशामा संलग्न पेशाकर्मीहरुको संगठन नेप्लिज सेफ एशोसियसन युकेले नेपाल पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता थियो।

नेप्लिज सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिम्सिनाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन बहादुर क्षेत्रीले पत्रकारहरुलाई सहि र सत्य कुरा बाहिर ल्याउन आग्रह गरे । पत्रकार मित्रहरुले हाम्रो होइन, राम्रोलाई प्रोत्साहन गर्नुप¥यो कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले भने, ‘समाज विगार्नेहरुलाई सजायां दिने काम तपाई पत्रकारहरुको हो ।’ गैर आवासीय नेपाली संघको अध्यक्ष्ँमा निर्वाचित भएपछि आफुविरुद्ध केहि पत्रपत्रिकाहरु लागेको उल्लेख गर्दै उनले पत्रकारहरुले के सत्य हो त्यो बुझ्न जरुरी रहेको बताए।

एनआरएनए युके र एफएनजे युकेको सहकार्यमा स्थापित पत्रकार अक्षयकोषबारे जानकारी दिंदै क्षेत्रीले परोपकारी कार्यको प्रोत्साहन र एनआरएनए युकेसंग नजिक रहेर काम गरेका पत्रकारहरुलाई पुरस्कृत गरीने बताए।

त्यस्तै एनआरएनए युकेका निवर्तमान अध्यक्ष कुल आचार्यले समाज रुपान्तरणमा लागेका पत्रकारहरुले सहि र गलत छुट्याउनुपर्नेमा जोड दिए । के गलत र के सहि छ, त्यसलाई मुल्यांकन गरेर तपाईंहरुले कलम चलाउनुहोस शुभकामना मन्तव्य दिंदै आचार्यले भने, विभाजित समाजलाई एक बनाउने र खराब तत्वहरुलाई उजागर गर्ने हिम्मत पत्रकारहरुले देखाउनुपर्छ।

विविसी नेपाली सेवाका सुमन खरेलले बेलायतका रहेका नेपाली पत्रकारहरुले नयां र नौलो शिराबाट आफुलाई स्थापित गर्नुपर्नेमा जोड दिए । तपाईहरु सबैको धार एउटै हुनुभएन नयां शुरुवात गर्नुहोस, शुभकामना दिंदै खरेलले भने, ‘मेरिट्सको आधारमा समाचार लेख्न र त्यसलाई पाठकसामु पु¥याउन जरुरी छ ।’ खरेलले नियम कानुनले फितलो समाजलाई पत्रकारहरुले नै शसक्त बनाउनुपर्ने विचार व्यक्त गरे । सेफ एशोसियसन युकेसंग धेरै सम्भावनाहरु रहेको जिकिर गर्दै खरेलले बेलायतमा नेपाली फुड फेस्टिबल आयोजना गर्न सुझाव दिएका थिए।

एशोसियसनका अध्यक्ष कृष्ण तिम्सिनाले पत्रकारहरुलाई सम्मान गर्न पाउंदा आफुहरुलाई खुशी लागेको बताउंदै सहभागिहरुप्रति आभार प्रकट गरे। उनले पत्रकारहरुलाई निडर भई सत्य तथ्य समाचार प्रकाशित गर्न आग्रह गरेका थिए। सन् २०१२ मा स्थापित सेफ एशोसियसन युके बेलायतवासी नेपाली एवं संघसंस्थाहरुको पहलमा यहांसम्म आइपुगेको उनले चर्चा गरे।

बेलायतका नेपाली सोलिसिटर राजु थापाले पत्रकारहरुले खोज, अनुसन्धान गरी तथ्य कुराहरु बाहिर ल्याउनुपर्नेमा जोड दिए। समाजका विकृतिहरुलाई उजागर गर्नु पत्रकाहरुको दायित्व हो, थापाले भने, ‘तर समाचार प्रकाशन पूर्व कानुनी दायराहरु बुझ्नु पनि जरुरी छ।’

नेपाली जनसम्पर्क समिति बेलायतका प्रतिनिधि एवं एनआरएनए युके आइसीसी सदस्य विजन भट्टले राज्यको चौथो अंग पत्रकारहरुको सम्मानमा सहभागि हुन पाउंदा खुशी लागेको बताए । बेलायतका रहेका नेपाली नयां युवाहरुलाई पनि मार्गदर्शन गर्ने हिसावबाट आफ्ना कलमहरु चलाउन भट्टले पत्रकारहरुसंग आग्रह गरे।

तस्वीर सौजन्यः मेरो युके डट कम / एन बस्नेत

संघसंस्थाहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै नेप्लिज नर्सिंङ एशोसियसन युकेका अध्यक्ष्ँ वासु लामिछानेले पछिल्लो समय पत्रकारहरु पब्लिक मिसट्रष्टमा परेको उल्लेख गरे । पत्रकारीतामा सहि अनुसन्धान र प्रमाण महत्वपूर्ण हुने बताउंदै उनले पत्रकार महासंघ बेलायतले नेपालमा पनि राम्रो सन्देश दिन सक्नुपर्नेमा जोड दिए। अरु संघसंस्थाको बीचमा पत्रकार महासंघ युके उदाहरणीय संस्था बन्नुपर्ने उनले बताए।

पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले पत्रकार महासंघ युकेको अधिबेशनले सहकार्य र सहमतीको सन्देश दिएको जिकिर गरे। बेलायतका रहेका पत्रकारहरुसंग ठूलो सम्भावना रहेको बताउंदै शर्माले त्यसलाई मुर्तरुप दिन व्यवसायीहरुले पहल गर्नुपर्नेमा जोड दिए।

सेफ एशोसियसन युकेका अध्यक्ष दधी आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै देशको चौथो अंग पत्रकारहरुलाई सम्मान गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताए । आगामी दिनमा पेशागत संगठनहरुबीच एकता र सहकार्य हुने उनको भनाई थियो।

दोश्रो महाधिबेशनबाट भर्खरै चुनिएको नेपाल पत्रकार महासघ बेलायत शाखालाई सेफ एशोसियसन युकेले पहिलो पटक सम्मान गरेको हो। सहभागी पत्रकारहरुलाई एशोसियसनका अध्यक्ष तिम्सिना र प्रमुख अतिथि एनआरएनए युके अध्यक्ष्ँ योगेन क्षेत्रीले खादा ओढाई सम्मान गरेका थिए।

कार्यक्रममा विविसी नेपाली सेवाका पत्रकार भगिरथ योगी, पत्रकार महासंघ युकेका उपाध्यक्ष धर्मराज अधिकारी, महासचिव श्याम लुईंटेल, कोषाध्यक्ष देवी गौतम, सदस्य शिब भण्डारी, नमस्ते युरोपका राजेन्द्र भट्ट, रमा लामिछाने, रञ्जित बस्नेत, नरेन्द्र बस्नेत लगायत सहभागि थिए।

यसैबीच सेफ एशोसियसन युकेले एक कल्याणकारी कोष स्थापना गरेको छ। केहिसाताअघि बसेको सेफ एशोसियसन युके बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो। नेपाल र बेलायतका रहेका नेपालीहरुलाई सहयोग पु¥याउन अध्यक्षकोष स्थापना गरेको अध्यक्ष कृष्ण तिम्सिनाले बताए।

‘सेफहरुसंग पैसा नभएपनि ठुलो परोपकारी मन छ’ पत्रकार सम्मान कार्यक्रममा उनले भने कल्याण्कारी कोषलाई माथि उठाउन तपाईं सेफहरुले ठूलो मन गरेर सहयोग गर्नुहोस्। सो अवसरमा उनले कल्याणकारी कोषको लागि एकलाख एघारहजार एकसय एक रुपैंया सहयोग गरेका छन्।

विविसी नेपाली सेवाका पत्रकार भगिरथ योगी र सेफ एशोसियसन युकेका उपाध्यक्ष दधी आचार्यले कोषलाई मुर्तरुप दिनेछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस