सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २२ चैत्र। नेपाली गोल रक्षक विनय श्रेष्ठ चम्कदा अफ्रिकन युनाइटेड दोस्रो पटक बुढासुब्बा गोल्ड कपको उपाधि उचाल्न सफल भएको छ। पोखराका भरपर्दो खेलाडी अनिल ओझा र विजय गुरुङको पेनाल्टी प्रहार अफ्रिकनका गोलरक्षक विनयले रोकेपछि अफ्रिकनले उपाधि हात पारेको हो। आठौं संस्करण जितेसगै उपाधिविहीन बनेको अफ्रिकनले शनिबार एन्फा टेक्निकल सेन्टर धरान १७मा १६ औ बुढासुब्बा गोल्डकपको फाईनलमा पोखराको सहारा क्लबलाई ३ –४ गोल अन्तरले टाईब्रेकरमा पराजित गर्दै अफ्रिकन युनाईटेडले उपाधि हात पारेको हो।


विजयी भएपछि तस्वीर खिचाउंदै अफ्रिकन युनाइटेड। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा पनि कुनैपनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो। ट्राईब्रेकरमा पोखराकका लागि पहिलो गोल हानेका अनिलसंगै विजयको प्रहार गोलरक्षक विनयले रोकेपछि अफ्रिकनका एक जनाले पेनाल्टी नहान्दै उपाधि चुमेको हो।

अफ्रिकन युनाईटेडका लागि पिटर, सेसोको, अकिम बाबालुडो र मुम्बाराले गोल गरे भने सहाराका लागि सागर गुरुङ, सुमन लामा र भूपाल गुरुङले मात्र गोल गरे। फाइनल खेलमा सहाराको तुलनामा आक्रमक देखिएको अफ्रिकनका खेलाडी मौकाको सदुपयोग गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको हो। पहिलो अफ्रिकनको लागी हाफको ८औ मिनेटमा सेगुन पहिलो गोल गर्न चुके। सेगुनले एल्भिसको पासमा गरेको प्रहारले गोलको दिशा दिन सकेन भने २५ औ मिनेटमा सेगुनको कर्नर प्रहारमा पिटरको हेडिङ प्रहार विफल भयो। दोस्रो हाफको २२ मिनेटमा अब्बाको प्रहारमा विपक्षी गोल रक्षक सागर गुरुङ बाधक बने भने थपिएको १० मिनेटको आतरिक्त समयको इन्जुरी समयमा एल्भिसको आकर्षक गोल प्रहार पनि विपक्षी गोल रक्षक सागरले नियन्त्रणमा लिए।

अफ्रिकन आक्रमक भएसगै रक्षात्मक खेलमा समेटिएका पोखराले केही राम्रा मौकाको सदुपयोग गर्न सकेन। पहिलो हाफको १५ औ मिनेटमा अनिल ओझाको कर्नर पासमा सुमन लामाको प्रहार गोल पोष्टको नजिकैवाट बाहिरिएको थियो। दोस्रो हाफको १५ औ मिनेटमा अनिल ओझाले ठूलो डिबक्सभित्र मिलाइलिएको पासमा गोल गर्ने राम्रो मौका सुरज थिंग लामाले सदुपायोग गर्न सकेन। उनको प्रहार बाहिरिएको थियो। दोस्रो हाफको इन्जुरी समयमा अनिल ओझाले २५ याडवाट गरेका फ्रिकक प्रहारमा विपक्षी गोल रक्षक विनय बाधक वने। विनयले अनिलको प्रहार सहजै नियन्त्रमा लिए भने तिरिक्त समयमा पोखराका लागि पाएको फ्रिकिकको मौका समेत हेमन गुरुङले सदुपयोग गर्न सकेनन्। उनको प्रहारमा पनि विपक्षी गोरक्ष विनयनै बाधक बने।

खेल राम्रो खेलेको भए पनि ट्राइबेकरमा पहिलो प्रहार नै असफल भएको कारण हार बेहोर्नु परेको पोखराका प्रशिक्षक किरण श्रेष्ठले वताए। उनले भने –पहिलो पेनाल्टी सुट आउटमा अनिलको प्रहार विफल भएसंगै खेलाडी हतोत्साही भए। खेल टा्रइबेरमा पुगेसंगै उपाधि जित्ने आशा बढेको भए पनि सफल नभएका उनको भनाई थियो।

यता अफ्रिकनमा प्रशिक्षक सुदन तन्डुलकारले भने ट्राइबेकरमा पुगेपछि केही डर लागेको भए पनि गोल रक्षकको उत्कृष्ट बचाउका कारण उपाधिमाथि कब्जा जमाएको प्रतिक्रिया दिए। उनले खेल ५०–५० नै भए पनि केही राम्रा मौका सदुपयोग हुन नसकेको कारण स्कोर गर्न नसेको वताए। सेन्टर मिडमा भने समस्या भएका कारण पनि आफूहरु स्कोर गर्न नसकेको वताउदै उनले भरपर्दा खेलाडी इम्ब्राहि अभाव खड्किएको वताए। इम्ब्राहिम यस अघिका खेलमा डबल एल्लो पाएर फाइनल खेल्न बञ्चित बनेका हुन्।

अफ्रिकन युनाईटेड क्वाटर फाइनलमा मच्छिन्द्रलाई र सेमीफाईनलमा मनाङ मस्र्याङ्दीलाई हराउदै फाईनलमा पुगेको हो भने आयोजक धरानलाई हराउँदै पोखराको सहारा फाईनलमा पुगेको हो भने पोखराले क्वाटरमा पुलिस र सेमीमा आयोजक धरानलाई ट्राइबेरमा पराजित गर्दै फाइनमा पुगेको थियो।

गोल्डकपको आठौं संस्करण (२०६२) को उपाधि विजेता तथा सातौं र नवौं संस्करणको उपविजेता अफ्रिकन युनाईटेडले उपाधिसगै नगद ३ लाख २५ हजार र ट्रफी तथा उपविजेता सहाराले उपविजेतासगै नगद १ लाख २५ हजार र ट्रफी पाए। फाईनलको म्यान अफ दि म्याच अफ्रिकन युनाईटेडका गोलकिपर विनय श्रेष्ठ घोषित भए।

गोल्डकपको वेष्ट गोलकिपर सहाराका सागर गुरुङ, वेष्ट डिफेन्स अफ्रिकन युनाईटेडका सेसोको, वेष्ट मिड फिल्डर सहाराका हेमन गुरुङ, वेष्ट स्टाईकर सहाराका विजय गुरुङ, हाईस्कोरमा अफ्रिकन युनाईटेडका सेगुन र सहाराका सुमन लामा घोषित भए। दुबैले खेलअवधिभर दुई दुई गोल गरेका थिए। त्यस्तै अफ्रिकन युनाईटेडका कोच सगुन तण्डुकार वेष्ट कोच घोषित उनीहरुले नगद १० १० हजारसहित ट्रफि हात पारे।

यता बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट घोषित अफ्रिकन युनाईटेडका गोलकिपर विनय श्रेष्ठले यामाहा मोटरसाईकल पाए। प्रतियोतिगाका विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ का केन्द्रिय अध्यक्ष गणेश थापाले ट्रफी तथा प्रमाण पत्रलागायत प्रदान गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस