सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं। ‘कुनै वादको लागि विवाद नगरौं धरानको विकास निर्विवाद गरौं!’ भन्ने नाराका साथ राजधानीमा धरान सरोकार समाजले संविधान सभा चुनावमा धरानबाट प्रतिनिधित्व जनाउन सफल सभासदहरुलाई सम्मान गरेको छ।

बार एसोसियनमा आयोजित एक कार्यक्रमका बीच सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेबाट निर्वाचित सांसद कृष्ण कुमार राई, नेपाली कांग्रेसका समानुपातिक सभासद मिन कुमार विश्वकर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका समानुपाितक सभासद आर के खम्बुलाई सम्मान गरिएको हो। उनीहरुसगै हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा र कोरियोग्राफर तथा पत्रकार जयन सुब्बा मानन्धरलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा समाजका सभापति श्रेष्ठ लगायत सबै सम्मनित व्यक्तित्वहरुले धरानको बिकाशको लागि सबै धरानेहरु एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए। त्यस्तै कार्यकर्ममा मिस नेपाल २०१४ मा पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने मिस पूर्वाञ्चल २०१३ नेहा बजाज (धरान) र मिस पूर्वाञ्चल २०१३ सेकेन्ड रनर अप वर्षा राई (दमक) लाई समाजले शुुभकामना दिएको थियो। कार्यक्रमको सञ्चालन दिपेन्द्र राज शाक्यले गरेका थिए।

धरान बाहिर राजधानी काठमाडौँमा बस्ने धरानसंग सरोकार राख्ने धरानेहरुको साझा संगठनको रुपमा बि. स.२०६६ सालमा स्थापित धरान सरोकार समाज धरानको बिकाशको लागि क्रियासिल छ। बिगतमा काठमाडौँमा दीप साँझ आयोजना गरेर धरानको खानेपानीको लागि पांच लाख रुपैया धरान नगरपालिकालाई समाजले हस्तान्तरण गरिसकेको छ।


तस्वीरहरुः डम्बरकृष्ण श्रेष्ठ

धरानमा खानेपानी अभाव हट्ने
सुनसरीको धरानमा आउंदो तीन वर्ष्भित्र खानेपानीको अभाव हट्ने भएको छ। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको धरानवासीले आउंदो तीन वर्षभित्रैमा खानेपानीको अभावबाट मुक्ति पाउने भएका हुन्। एडीबीको सहयोगमा धरान नगरपालिकाले शुरु गरेको आयोजनासंगै धरानमा खानेपानीको समस्या हट्ने छ। खानेपानी आयोजनाका ब्यवस्थापक तथा नगरपालिकाका इञ्जिनियर राजु पोखरेलका अनुसार धरानको लागि आवश्यक दैनिक २ करोड १५ लाख लिटर खानेपानीमा वर्षको ७ महिना स्थानीय खोला र ५ महिना जमीनबाट पम्प गरेर उपलब्ध गराइने छ। कार्यक्रममा पोखरेलले आयोजनाबाट खानेपानी उपलब्ध हुन थालेपछि पनि महशुल भने नबढाइने जानकारी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस