सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, लिग विजेता मनाङ मर्स्याङ्दी क्लव धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुव्वा रेडबुल गोल्ड कप फुटवल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। दुई पटकको गोल्डकप विजेता मनाङले सुजल श्रेष्ठको पेनाल्टी गोलको मद्यतले अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो।

गतबर्षको उपविजेता आर्मीलाई शून्यकाविरुद्ध एक गोलले पछ्याउदै मनाङले सेमीको यात्रा तय गरेको हो। दोस्रो हाफको सुरुवाति ३ मिनेटमा आर्मीका युद्ध शाहीले डिबक्स एरियामा हेण्ड गरेपछि पेनाल्टी पाएसंगै आर्मीमो भाग्य चम्केको थियो। मनाङ मस्र्याङ्दीले सेमी फाइनमा चैत्र १८ गते अफ्रिकन युनाइटेडको समाना गर्नै छ।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले राम्रा मौकाको सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । १ गोलले पछि परेको आर्मी केही आक्रमक रुपमा मैदानमा देखा परेको भएका पनि आर्मीका जितेन्द्र राई घाइते हुन आर्मीका लागि दुर्भाग्य बन्यो। उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। आर्मीका लागि खेलको ३३ औ मिनेटमा टेकबहादुर बुढाथोकीको क्रसपासलाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्। उनले गरेको हेिडङ प्रहारले पोष्टको दिशा दिन सकेन। खेलको ३८ औ मिनेटमा दीपक गुरुङले २५ याडवाट गरेको फ्रिकिक प्रहारलाई मनाङ मस्याङ्दीका गोलरक्षक विशाल श्रेष्ठले विफल बनाए। ४० औं मिनेटमा आर्मीका राजु तामाङको सटिक पासमा टंक बस्नेतले गरेको प्रहारले पोष्टको दिशा लिन नसक्दा आर्मी पहिलो चरणवाटै बाहिरियो।

आर्मी भन्दा सुरुवातमा राम्रो खेलेको मनाङले समेत पाएका मौकाको सदुपया्ेग गर्न नसक्दा स्कोर निकाल्न सकेन। मनाङका लागि खेलको ७ औं मिनेटमा दीपक राईको सशक्त प्रहारले गोलको दिशा दिन सकेन। उनको बल प्रहार गरेपनि पोष्ट नजिकै भएर बाहिरिएको थियो। खेलको ३६ औं मिनेटमा कप्तान सागर थापाको पासमा योना इलियासको हेडबलले पोष्टका दाया वार नजिकैवाट बाहिरियो। खेलको ३८ औं मिनेटमा विराट महर्जनको पासमा रुपेश केसीको सशक्त प्रहारलाई आर्मीका गोल रक्षक विकास मल्लले नियन्त्रणमा लिएका थिए।

खेलका म्यान अफ द म्याच मनाङ मर्स्याङ्दीका अजिज शाहिद भए। उनले नगद ५ हजार पाए। आर्मीका प्रशिक्षक बाबुकाजी धौवन्जारले खेलाडीले राम्रो प्रदर्शन गरेको भए पनि मनाङले पेनाल्टी पाउनु आफ्नो दुर्भाग्य भएको प्रतिक्रिया दिए। उनले भने, ‘ प्यानल्टीसंगै पाएको बल सदुयपयोग गर्न नसक्दा पराजित हुनु पर्यो।’ साथै उनले सहायक रेफ्रीको निर्णयप्रति भने आपत्ति जनाएका थिए। उनीहरुले पक्षपात गरेको उनको आरोप थियो। माङ मर्स्याङ्दीका प्रशिक्षक हरिओम श्रेष्ठले लिगपछिको पहिलो नकआउट खेल भएको कारण टिमसेट हुन नसक्दा केही समस्या भएको वताए। उनले भने, ‘लिगपछिको पहिलो खेल भएकाले पनि सोचे अनुरुपको प्रदर्शन हुन नसकेको हो। यसलाई हामीले प्रेसिडेन्ट कपको तयारीका रुपमा लिएका छौं।’ साथै उनले आफ्नो लक्ष्य भने उपाधि जित्ने भएकोले सेमी फाइनलवाट खेलमा सुधार आउने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस