विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १७ चैत्र। अमेरिकाको नियमित भ्रमण गरिरहने कवि, गीतकार तथा साहित्यकार बसन्त चौधरी विश्व काब्य यात्रामा मात्र सिमित नरही अमेरिकामा बिभिन्न व्यक्तित्वहरुलाई भेटघाट तेज बनाई स्वदेश फर्केका छन्।

अमेरिकाको एटलान्टामा आफ्नो अन्तिम साहित्यिक यात्रालाई पूर्ण बिराम दिदै र सोही मौकामा जर्जिया अन्तर्गत पिचट्री कर्नर्स शहरका नगर प्रमुख माइक मेसन, गुइनेट काउन्टी कमिसनका अध्यक्ष चार्लोट न्यास तथा अन्य बिशेष व्यक्तित्वहरुसंग भेटघाट गरेका छन्।

भेटघाटमा चौधरी समूहका प्रबन्ध निर्देशकसमेत रहेका बसन्त चौधरीले नेपालमा उर्जाको समस्याको साथै जल बिद्युतलाई बिशेष महत्व दिदै उक्त औपचारिक भेटघाटमा नेपाल र अमेरिका ब्यापार व्यवसायमा नेपाल र अमेरिका द्विपक्षीय, अन्तर्राष्ट्रिय ब्यापार वृद्धि, प्रबिधि हस्तान्तरण, शैक्षिक सहयोगलगायत अन्य बिबिध बिषयमा छलफल भएको जनाईएको छ।

चौधरीले उक्त भेटघाटपछि एक आपसमा राम्रो छलफल भएको, नेपाल र अमेरिकाबीच बिद्यमान आर्थिक तथा बाणिज्य सम्बन्ध राम्रो हुने कुरामा बिश्वस्त भएको बताए। भेटघाट टोलीमा जर्जियाका दक्षिण पूर्व नेपाली संघका पूर्व अध्यक्ष राजा घले, वर्तमान अध्यक्ष राम बराल (बिद्यावारिधि) तथा संस्थाका दिपक पहाडी थिए।

बसन्त चौधरीलाई बिदेशी बिभिन्न व्यक्तित्वहरु संगको भेटघाटको पहल जर्जिया राज्य जिल्ला ९५ की बिधान सभाकी उम्मेदवार हाल जोनिङ्ग बोर्ड अफ अपिल्सकी डा. अमृता रेग्मीले गराएकी थिइन्। नेपाली मूलकी रेग्मी ईतिहास कै पहिलो नेपाली अमेरिकन उम्मेदवार हुन् जसले पहिलो चरणमा बिजयी प्राप्त गरि सकेकी छिन्। हालसम्म प्रतिनिधि सभामा नेपाली मूलका कुनै पनि नेपालीले पहिलो चरण पार गर्न सकेका छैनन्। यसै गरि नेपाली समुदायका बिभिन्न व्यक्तिहरुलाई उक्त भेटघाटको पहल राजा घलेले गराएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस