एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, १७ चैत । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति सभापति पदमबहादुर गुरुङले पराराष्ट्र मन्त्री महेन्द्र पाण्डेलाई भेटेर गोरखाहरुले अन्तराष्ट्रिय रुपमा चलाईरहेको आन्दोलन र बेलायतमा गोरखाहरुलाई एमआरपी लिने क्रममा भएको समस्या बारेमा जानकारी गराएका छन्।


फाइल तस्वीरः गेसो सभापति पदमबहादुर गुरुङ

सभापति गुरुङले सोमबार मन्त्री पाण्डेलाई भेटेर गोरखाहरुले सञ्चालन गरिरहेको आन्दोलनको बारेमा जानकारी गराएका हुन्। यस्तै सभापति गुरुङले बेलायतस्थित नेपाली दूताबासमा एमआरपी लिदाँ गोरखाहरुलाई अनाबश्यक सास्ती दिईएकोप्रति पनि सभापति गुरुङले ध्यानआकर्षण गराए। सभापति गुरुङले दूताबासका कर्मचारीहरुबाट गोरखा र उनका सन्तानहरुले अनाबश्यक सास्ती पाएको भन्दै तत्काल समस्या समधानका लागि पहल गरिदिन अनुरोध गरे। मन्त्री पाण्डेले बिषयमा तत्कालै बेलायतस्थित दूताबासलाई आबश्यक निर्देशन दिने बताए।

सभासद् रबिन्द्र अधिकारी, गोरखा एकेडेमिक फोरमका अध्यक्ष शिब गुरुङ, गोरखा सैनिक आवाजका सम्पादक राजेश राईसहितको टोलीले मन्त्री पाण्डेलाई भेटेर गोरखाहरुको समस्या र आन्दोलनको बारेमा ध्यानआकर्षण गराएको हो।

पछिल्लो समयमा गोरखा र उनीहरुको सन्तानहरुले एमआरपी लिने क्रममा बेलायती दूतावासका कर्मचारीहरुले अनाबश्यक सास्ती दिदै आएका छन्। गोरखा र उनका सन्तानहरुले आफ्नो पेन्सनको कागजपत्रमा रहेको जन्ममितिको आधारमा पासपोर्ट लिएर बेलायत पुगेका गोरखाहरुलाई एमआरपी बनाउँने क्रममा जन्ममिति नमिलेको भन्दै फर्काउँने गरेका छन्। ‘पहिले चाहि त्यही मितिका आधारमा पासपोर्ट दिने, अहिले चहि हुन्न भनिरहेका छन्’ भूतपूर्व गोरखा सैनिक जितेन्द्र लिम्बुले भने,‘पैसा खानाका लागि अनेक बहाना बनाईरहेका छन्।’

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस