सन्तोष काफ्ले /एचकेनेपाल डट कम –
सुनसरी। चार पटकको उपविजेता नेपाल पुलिस क्लव धरानमा जारी १६ औं अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ।


निलो जर्सीमा धरान र रातो जर्सीमा पुलिस, फोटोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

आइतवार सम्पन्न खेलमा नवप्रवेशी धरान एकेडेमीलाई ० का विरुद्ध एक गोलले पछि पार्दै पुलिसले क्वाटरमा आफ्नो स्थान पक्का पारेको हो। पुलिसले क्वाटर फाइनलमा पोखराको आहा गोल्डकप विजेता सहारा क्लवको सामना गर्ने छ। पुलिसको जितका लागि एकमात्र निर्णायक गोल भरत शाहले गरेका थिए। उनले अतिरिक्त समयको ८ मिनेटमा जुमानु राईको क्रसपासलाई सदुपयोग गर्दै गोल गरेका थिए। जुमानुको पासमा उनले प्रहार गरेको गोलले पोष्टको पहिलो वारमा ठोकिदै जाली चुमेको थियो। खेलअवधिभर धरान एकेडेमीलाई दवावमा राखेको भए पनि पुलिसले स्कोर निकाल्न नसक्दा खेल आतिरिक्त समय तर्फ धकेलिएको थियो। सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको पुलिसले राम्रा मौका सदुपयोग गर्न सकेन। आक्रमक रणनीतिका साथ मैदानमा देखा परेको पुलिका स्टाइकर राष्ट्रिय खेलाडी जुमान खेलमा चल्न सकेनन्।

पहिलो हाफको मध्यतिर जुमानुले विपक्षी गोल रक्षक असित तामाङलाई विट गर्दै गरेका प्रहार विपक्षी जोन श्रेष्ठले रोकिदिए। लगतै पुलिसका गणेश खड्काले गरेको प्रहार धरानका गोल रक्ष असितले नियन्त्रणमा लिए। दोस्रो हाफ केही राम्रो प्रदर्शन गरेका पुलिसका लागि गणेश खड्काले गरेका वान वर्सेज वान गोल अतिसले पञ्च गरेर जोसगाए भने विक्रम धिमालले विपक्षी गोलरक्षक विट भएको अवस्थामा गरेका हेडिंग गोल प्रहार धरानका डिफेन्डर वर्तमान राईले उत्कृष्ट बचाउ गरेसंगै निर्धारित समय बराबरीमा टुंगिएको थियो। आतिरिक्त समयको सुरुवातमै जुमानुले धरानका गोल रक्षकलाई छक्याएर गरेको गोल प्रहार वसन्त वानियाले राकिदिए।

रक्षात्मक वढि खेलको धरान एकेडेमीले समेत पाएका केही मौको सदुपयोग गर्न नसक्दा प्रतियोगितामा पहिलो चरणवाटै वाहिरिनु पर्यो। पहिलोmहाफको इन्जुरी समयमा जनक सुनुवारको पासमा शशी राई गरेको प्रहार पुलिसका गोल रक्षक रितेस थापाले नियन्त्रणमा लिए भने प्रवृत्ति बुढाथोकीले खाली पोष्टको गरेका हेडिंग प्रहारले गोलको दिशा दिन नसक्दा धरान शून्यमै समेटिएको थियो। पुलिसमा गोलरक्ष रितश अगाडी विट भएको अवस्थामा उनले प्रहार गरेका थिए। शारिरीक रुपमा मात्र नभए पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका धरान एकेडेमीमा २० वर्ष मुनिमा खेलाडी मात्र रहेका थिए। धरानले रक्षात्मक खेल खेलका कारण पनि आफूहरुलाई स्कोर निकाल्न समस्या भएको पुलिसमा कोच विराटकृष्ण श्रेष्ठले वताए। वढि आत्मविश्वासी हुनु र तालमेल नमिलेका कारण समस्या भएको उनको भनाई थियो।

खेलाडीहरुले सोचेअनुरुप नखेलको तथा सुरुमै पाएका मौकाको सदुपयोग गर्न नसक्दा स्कोर कम भएको उनले वताए। यता धरान प्रशिक्षक मनिल महोराले भने सोचे अनुरुपको खेल खेलेका भए पनि वल होल गर्न नसक्दा हार वेहोर्नु परेका प्रतिक्रिया दिए। फिजिकल्ली रुपमा समेत धरानका खेलाडी कमजोर देखिए पनि निर्धारित समयमा गोलरहित बराबरीमा रोक्नु पनि उपलब्धि भएको उनको प्रतिक्रिया थियो।

खेलको म्यान अफ द म्याच धरान एकाडेमीका गोल रक्षक असित तामाङ घोषित भए। उनले ट्रफीसहित नगद ५ हजार हात पारे । सोमबारको खेल गोल्डकपको दुइपटक उपाधि जितिसकेको शहीद स्मारक लिक विजेता मनाङ मर्स्याङ्दी क्लव र त्रिभुवन आर्मी क्लब काठमाडौबीच हुने आयोजकले जानकारी दिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस