दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १५ चैत्र। फुटबलका राष्ट्रिय खेलाडी अनिल गुरुङ यतिवेला पोखरामा भोट माग्न व्यस्त छन्। एनसेल बर्ष फुटबल खेलाडी एसयमएस भोटीङ्गको लागि अनिलले विभिन्न संघ सस्थासंग आग्रह गरेका हुन्।

रेडियो अन्नपूर्णको शनिबार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा उपस्थितलाई अनिलले भोट मागेर आफूलाई एनसेल बर्ष खेलाडीको रुपमा विजेता बनाउन अग्रह गरे। आफू पोखरेली खेलाडी भएको बताउदै गुरुङले पोखरेलीको मायाले यसपाली उक्त उपाधि आफूले जित्ने विश्वास व्यक्त गरे। अनिललाई एनसेल वर्ष खेलाडी बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ।

पछिल्लो क्रममा सहयोग गर्नेहरुमा लक्ष्मि गुरुङसहित हङकङबाट ३० हजार, सुमित्रा गुरुङसहित हङकङ ५० हजार, जीवन मगर कोरीयाबाट १० हजार, सहारा क्लब पोखराबाट १० हजार, पूर्व खेलाडी मनोज थापा (जय), कुमार गुरुङ्ग, नबिन राई, जिम्मी गुरुङ्ग, मलेसियाबाट पनि रकम प्राप्त भएको अनिलले बताए। अनिललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई ANIL टाइप गरी १७१०१ पठाउन सकिने अनिलले बताएका छन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस