१५ चैत, काठमाडौं । विवाहित दुई छोरी र एक बुहारी अर्केसँग एपछि चित्रेभञ्ज्याङ्ग गाविस-८ की ४१ वर्षीया खुममाया रानाले आत्महत्या गरेकी छन्। रानाका विवाहित छोरीहरु १८ वर्षीया तारादेवी राना र १५ वर्षीया ज्योति राना तथा बुहारी १४ वर्षीया सोनिया रानालाई क्यामीका अमबहादुर आले, दुर्गाबहादुर आले र रामबहादुर आललेले फागुन २८ गते भगाएर नारायणगढ लगेका थिए।
छोरीबुहारी भागेपछि विक्षिप्त भएकी खुममायाले फागुन ३० मा आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीका अनुसार उनीहरुलाई भगाउने तीनैजना पुरुषको पनि घरमा पत्नी र सन्तान छन्। मृतक रानाका दुई छोरीका पति वैदेशिक रोजगारका लागि दुबई र कतारमा छन्।
दुई छोरी र बुहारीको लालनपालन र संरक्षक बनेकी उनले छोरी र बुहारी परपुरुषसँग भागेको दुई दिनपछि झुन्डिएर आत्महत्या गरेकी छन्। खुममायाका पति भारतको एक कम्पनीमा काम गर्छन्। तीन सन्तानमध्ये एक छोरा वैदेशिक रोजगारीमा मलेसियामा छन्। झुन्डिएको अवस्थामा मृत भेटिएकी रानालाई भारतमा रहेका उनका पतिको सल्लाहअनुसार गाउँलेले अन्त्येष्टि गरेको खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ।
बयरघारीका एक विद्यार्थीलाई ठक्कर दिएको आरोपमा दुर्गाबहादुर र मृतककी छोरी ज्योतिलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानबाट यो रहस्य खुल्न आएको हो। मृतकका पतिको भनाइका आधारमा शवको अन्त्येष्टि गरेको भन्दै प्रहरीले थप अनुसन्धानका लागि १२ जना गाउँलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक आभुषण तिमल्सिनाले बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस