प्रकाश अर्याल / एचकेनेपाल डट कम-
स्कटल्याण्ड/ युके। स्कटल्याण्डको एबर्डीन सहरमा पहिलो पटक नेपाली समुदायले जलबायु परिबर्तनको प्रभाव न्यूनीकरण गर्न सक्ने भूमिका सम्बन्धी कार्यशाला को आयोजना गरियो।

अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) ले आयोजना गरेको उक्त कार्यक्रममा बाताबरण परिबर्तनको प्रभाब न्यूनीकरण गर्न नेपाली समुदायले गर्न सक्ने क्रियाकलापहरुको चर्चा गरिएको थियो। दैनिक जीवनमा बिद्युत, ग्यासको खपत कसरि कम गर्ने, यात्रा गर्दा कार श्येरिङ्ग, पब्लिक यातायात मा जोड दिने, साइकलको प्रयोग गर्ने, घरमा गार्डेनिङ्ग गर्ने, खाद्यसामग्रीलाई फ्याक्ने( फूड वेस्ट) कम गर्न सक्ने उपायहरु को सम्बन्धमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा बाताबरणविद डा. सोहन घिमिरे, कार्बन न्यूनीकरण कार्यक्रमका प्रोजेक्ट म्यानेजर दिनेश थापा, संस्थाका सहसचिब सन्तोष गैरेले बाताबरण परिबर्तनको प्रभाब न्यूनीकरण सम्बन्धमा प्रकाश पार्नु भएको थियो। यस्तै जिरो वेस्ट स्कटल्याण्डका क्यारेन उडले फूड वेस्टले आर्थिक र पर्यावरणमा पार्ने प्रभाव र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने ब्यबहारिक उपायको सम्बन्धमा चर्चा गर्नु भएको थियो। एबर्डीनमा बसोबास गर्ने ३ दर्जन नेपाली घर-परिवारको प्रत्यक्ष सहभागिता भएको सो कार्यक्रमको ब्यबस्थापन एबम संयोजन प्रकाश अर्याल र निश्चल कार्कीले गर्नु भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष दिपेश रेग्मीले ईनर्जि सेविंग ट्रस्ट को सहयोगमा संचालित ईकोड्राइविङ तालिम का सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। ईकोड्राइविङ तालिममा गाडी चलाउदा कम इन्धनको प्रयोग गरेर कार्बन न्यूनीकरण गर्न सक्ने तरिकाहरुको बारेमा सहभागीहरुलाई प्रयोगात्मक सीप दिईन्छ। ईनर्जि सेविंग ट्रस्ट युकेको अनुसार यो तालिम पछि औसतमा १५ प्रतिशत कम ईन्धन प्रयोग हुन्छ भने युकेको औसत कारमा बार्षिक २५० पौण्ड कम ईन्धन प्रयोग र आधा टन कार्बन डाइ अक्साइड कम उत्पादन हुन्छ।

सामुदायिक कार्बन न्युनिकरण योजना कार्यान्वयनका लागि स्कटल्याण्ड सरकारको क्ल़ाईमेट च्यालेञ्च फण्डले अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) लाई सहयोग प्रदान गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस