प्रवासी नेपाली मञ्च स्पेनको मासिक बैठक सम्पन्न
मिति १७ मार्च २०१४ सोमबार प्रवासी नेपाली मञ्च स्पेनको मासिक बैठक संस्थाका अध्यक्ष श्री मुक्त बहादुर गुरुङको अध्यक्षतामा ओल नेपाल रेस्टुरेन्टमा सम्पन्न भयो।
संस्थाले गरेका निर्णयहरुः
१-प्रवासी नेपाली मंच स्पेनको सचिब तथा संगठन बिभाग प्रमुख श्री केदार नाथ ढुंगाना बिशेष काम ले बार्सिलोना बाहिर रहनु भएको र संस्थागत कार्य गर्न असमर्थ भएको भन्ने कारण दर्शाई दिएको राजिनामा स्वीकृत गर्दै हालसम्म यस संस्थाप्रति दिनुभएको योगदानको उच्च मूल्यांकनसहित हार्दिक धन्यवाद दिदै उहाँले सम्हाल्दै आउनुभएको सम्पूर्ण कार्यभार अर्को निर्णय नहुदासम्मलाई यस संस्थाका सचिब तथा संचार प्रमुख श्री शिव कुमार लामिछानेलाई दिने निर्णय गर्यो।
२-प्रवासी नेपाली मंच स्पेनका संस्थापक अध्यक्ष तथा निबर्तमान आइ.सी.सी.श्री पुस्पा राज तिमिल्सिना एन,आर.एन अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकार सदस्यमा मनोनयन हुनुभएकोमा उहाँको कार्यसफलताको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गर्यो।
३-भर्खर गठित मन्त्रीमण्डलमा ने.क.पा. एमालेको तर्फबाट सहभागी बामदेव गौतमसहित सम्पूर्ण मन्त्रीहरुलाई कार्य सफलताको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गर्यो।
४-एन.आर.एन स्पेनको सल्लाहकार समितिमा यस संस्था का भू.पू.उपाध्यक्ष श्री हेम शेर्पा एबं महासचिब श्री दिनेश गुरुङलाई बिशेष धन्यवादसहित सम्पूर्ण सल्लाहकार सदस्यहरुलाइ कार्य सफलताको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गर्यो।
५-प्रवासी नेपाली मञ्च स्पेनबाट हरेक वर्ष प्रकाशन हुदै आएको स्पेन संदेशलाई यस वर्ष पनि उक्त पुस्तकलाई सम्पूर्ण कार्य गर्ने गरी निम्न अनुसारको प्रकाशन कमिटि बनाउने निर्णय गर्यो।
संयोजक-दिनेश गुरुङ
सह-संयोजक-दिनेश राज रेग्मी
सदस्यहरु-दीपा गुरुङ हेम शेर्पा मुक्त बहादुर गुरुङ पुष्पा राज तिमिल्सिना दीपक खरेल लक्ष्मन शर्मा शिव कुमार लामिछाने हेम पाण्डे
६-म्याग्दी समाजबाट प्राप्त पत्रमाथि बिशेष छलफल गर्दै म्याग्दी जिल्ला घर भई हाल चितवन चैन पुर् निवासी श्री माया देवी छेत्रीलाई सहयोग गर्ने निर्णय गर्यो।
महासचिब
दिनेश गुरुङ
प्रवासी नेपाली मञ्च स्पेन