सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
आगामी बैसाख १९ मा हुने मिस नेपाल २०१४ को अन्तिम प्रतिष्पर्धाको लागि शनिबारबाट लगभग डेढ महिनाको ट्रेनिङ पनि सुरु हुदैछ।

मिस नेपाल २०१४ को ट्रेनिङमा सहभागि हुन मिस पूर्वाञ्चल २०१३ की बिजेता धरानकी नेहा बजाजले बिहीबार राजधानी प्रस्थान गरेकी छिन्। यसै क्रममा धरानमा बिहीबार मिस पूर्वाञ्चल आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले सफलताको शुभकामना एवंम् बिदाई कार्यक्रमको आयोजना गरेको थियो।

नेहा र वर्षा

उनलाई सिल्भर इन्टरटेनमेन्टका डाइरेक्टर दिपक बनेपाली, क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमाल, यामाहा धरानका गोपाल आचार्यलगायतले शुभकामना दिएका थिए भने नेहाले पूर्वान्चल क्षेत्रको प्रतिनिधित्व गर्दैे मिस पूर्वानञ्चलको नाम राख्न मिस नेपालमा आफूले सक्दो मिहिनेत गर्ने बताईन्।

मिस पूर्वाञ्चल २०१३ को क्राउन थापेकी ५ फिट ६.५ इञ्च अग्ली नेहा अडिशनविना सिधै मिस नेपालको फाइनलमा भाग लिदैछिन्। नेहासंगै मिस पूर्वानञ्चल २०१३ की सेकेन्ड रनर अप बिजेता दमककी वर्षा राई पनि यसपालीको मिस नेपाल २०१४ को प्रतिष्पर्धी बनेकी छिन्।

मिस नेपालमा हालसम्म पूर्वको धरानबाट समर ९७ की विजेता योगिता प्रधान, मिस कोशीकी विजेता कृति श्रेष्ठ र मिस पूर्वाञ्चल २०१० की फस्र्ट रनर अप प्रियारानी लामा, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ तथा झापाबाट मिस पूर्वाञ्चल २०१२ की सेकेन्ड रनर अप हीना श्रेष्ठ,विराटनगरबाट मिस पूर्वाञ्चल २००२ की विजेता सगुन शर्मा र सलकपुरबाट मिस कोशीकी सेकेण्ड रनर अप रेखा थापाले भाग लिइसकेका छन्। यीमध्ये योगिताले मिस क्याट वाक, प्रियारानीले मिस ब्युटीफुल कम्प्लेक्समेन्ट र प्रतिभाले बेस्ट स्माइलको एवार्ड हात पारे भने कृति टप फाइभसम्म पुग्न सफल भइन्।

यो पनि पढ्नुहोस्
नेमिता भईन् मिस पूर्वाञ्चल (फोटोफिचर)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस