Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अमेरिकामा सात बर्षमा १३ नेपाली मारिए

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
अमेरिका, स्वदेशमा रोजगारीको अभाबमा बिदेशिएका नेपालीहरुले खाडी मुलुकहरुमा मात्र होईन अमेरिकामा पनि जोखिम कामगरी लुटेराहरुको हातबाट ज्यान गुमाएका छन्।

सन् २००४ देखि २०१२ को जनवरीसम्म अमेरीकाको बिभिन्न ६ राज्यमा १३ जना नेपालीले ज्यान गुमाउन बाध्य भएका छन्। जसमध्ये अमेरिकाको टेक्ससमा मात्र ७ जनाले अनाकमा ज्यान गुमाएका छन्। प्रयाप्त ज्ञान, सीप तथा भाषा दक्षताको अभावका कारण नेपालीहरु अमेरीकामा पनि जोखिम स्थानमा काम गर्न बाध्य रहेका छन्।

अधिकांश नेपालीहरुले ठूला तथा सुरक्षित कम्पनीहरुमा काम गर्न भाषा र पेशागत सीप अभाब तथा इङ्गलिस बोलेपलि टोन नमिलेर स्थानीयले नबुझ्ने भएको कारण नेपाली तथा इन्डिएनको ग्यांस स्टेसन,फुड स्टोर तथा रेस्टुरेण्टमा कम तलबमा बढि जोखिममा काम गरि ज्यान गुमाएका हुन्।

यसरी ज्यान गुमाउनेहरुमा सन् २००४ केशब श्रेष्ट, ०५ मा शेखर रेग्मी, ०६ मा प्रकाश कोईराला, ०७ गौरव राजबंशी टेक्सस राज्यमा र हेमाङ्क कार्की बाल्टिमोर रहेका छन्। ०८ मा अशोक भट्टराई, चौधरी थरका नाम नखुलेका एक नेपाली टेक्ससमा र बिनोद श्रेष्ठ जर्जीयामा मारिएका हुन्।

त्यसैगरी, अनाहकमा ज्यान गुमाउने अन्य नेपालीहरुमा ०९ मा जस बहादुर राई टेक्सस, सुरेन्द्र डंगोल बोष्टन, रविन्द्र शर्मा सावथ क्यारोलिना ०११ रोशन भण्डारी क्यालीफोर्निया र गत जनवरी ९ मा जर्जीयामा दामोदर पाठक रहेका छन्। यसरी मारिने मध्ये कतिपय आधिकारीक रुपमा अमेरीकामा बसोबास गर्ने, बिद्यार्थी लुकीछिपी गैरकानुनी रुपमा अमेरीकामा बसेर काम गर्ने र दुइ जना साझेदारीमा आफैं पसल गर्ने ब्यापारी समेत परेका छन्।

अमेरीकाबाट नेपाली भाषामा प्रसारण हुदै आएको ह्वाईट हिमाल टेलिभिजनको कम्यूनिटी हलचल कार्यक्रममा हालै प्रसारित जानाकारी अनुसार मारिएका धेरै नेपालीहरु पेस्तोल तथा राईफलको गोलीको शिकार भएका हुन्। त्यस्तै प्रकास कोईरालालाई लुटेराले उनीसंग भएको नगद लुटेपछि आगो लगाएर मारिएका हुन भने जसबहादर राईलाई छुरा रोपेर मारिएका हुन्।

अमेरीकी कानुन अनुसार पसलमा आएका ग्राहकलाई के गर्दैछ कता जांदैछ हेरिरहनु हुदैन,चोरेपनि केही भन्नु हुदैन कस्टमर भक्त हुनुपर्दछ । तर नेपालीहरु आफूले काम गरेको साहुको भक्त हुन खोज्छन्। आफ्नो सिफ्टमा कसैले चोर्ला, साहुले गाली गर्ला, कामबाट निकाल्ला भनेर कष्टमरले के गर्दैछ, कता जांदैछ एकोहोरेा हेरिरहन्छन्। शंकाको भरमा ग्राहकसंग बाझ्ने, चोरेर जानेको पछिपछि दौडने गर्दछन्। जसका कारण उनीहरु मारिन पुग्छन्।

यहांको नियम अनुसार आफूले काम गरिरहंदा कसैले चोरेपनि कही नभनी चोरेर चोर बाहिर निस्केपछि पुलिसलाई बोलाउनु पर्दछ। तर नेपालीहरु चोरको पछि लागेर आफैं एक्सन लिने गर्दछन्।

अधिकांश नेपालीहरुको हत्यारा काला बर्णको अमेरीकी भएको बताईन्छ। पर्याप्त सूचनाको अभाब, घटना भएको स्थानमा क्यामराको पहुच नहुनु, घटना भएका स्थानहरु प्राय दुर्गममा हुनुको कारण धेरै हत्याराहरु पत्ता लाग्न सकेका छैनन्। पत्ता लागेकाहरु पनि यो वा त्यो बाहनामा कानुनी छुट पाउने गरेका छन्। ०८ टेक्ससमा मारिएका अशोक भट्टराईको हत्यारा रेमन रिचर्डले कम उमेर भनेर हालै कनुनी सफाई पाएको छ। १७ वर्षीय रिचर्टले दिउंसै राईफल भिरेर गई अशोकलाई काम गरिरहेको स्थानमा गोली हानी मारेका थिए।

अमेरीकाको नियम अनुसार एक हप्ता ५ दिन वा सातामा ४० घण्टा बढि काम गरेपछि ओभर टाईम पाउनु पर्दछ। तर यहांका कतिपय नेपालीहरु हप्तामा सातै दिन ज्यादै न्यून तलवमा काम गरिरहेका छन्। यसरी नेपालीलाई ठग्ने अरु कोही नभएर स्वयं नेपाली र केही इन्डियनहरु पनि रहेका छन्।

नेपालीले नेपाली दाजुभाईलाई ठग्ने दुःख दिने, बिभिन्न किसिमका डर त्रास देखाउने, आश्वासन दिने तर यो वा त्यो बाहनामा पुरा नगरि दिने जस्ता कारणले गर्दा अमेरीकामा धेरै नेपाली बिचल्लीमा परेका छन्। अनाकमा ज्यान समेत गुमाई रहेका छन्। नेपालीले नेपालीबाट दुःख र पीडा स्वदेशमामात्र होईन बिदेशमा पनि त्यत्तिकै पाईरहेका छन्।

नेपालबाट बिदेश आएपछि अधिकांश नेपालीहरु सरसहयोग तथा जानाकारीको लागि नेपालीको शरणमा पुग्छन्। तर दुःखको कुरा आफू कहां सहयोगको लागि आईपुगेको नेपाली दाजुभाईलाई यहां बस्दै आएकाले नयां शिकार भेटिएको महसुस गर्ने गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by