बिल गुरुङ / एचकेनेपाल डट कम-
दोहा, कतार, १६ मार्च। तमू (गुरुङ) समाज कतारको आयोजनामा चेलिबेटी भोज तथा वनभोज कार्यक्रम सम्पन्न भएको समाचार छ । गत शुक्रवार १४ तारिखका दिन कतारको उत्तरी किनारामा अवस्थित समाल पब्लिक गार्डेनमा विभिन्न रोचक कार्यक्रमहरुको आयोजना सहित भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ।

औपचारिक कार्यक्रम:
तमू समाज कतारका अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक बिलबहादुर तमू, एनआरएनए आईसीसी उपाध्यक्ष टिबि कार्की, आईसीसी मध्यपुर्व सहसंयोजक पुर्ण केसी, आईसीसी सदस्य अमृत तमू, एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तामाङ, व्यवसायी आरके शर्मा, समाजका सहयोगि व्यक्तित्वहरु कमलमणी गुरागाई, राजेशदर्शन अर्याल, बिमल सुबेदी, क्रान्ति सिंह, बिनोद भट्टराई, ई.नन्द गर्बुजा, सन्तोष तमू, प्रविन राई, भुपेन्द्र रखिम मगर, किरा“त राई यायोख्खाका अध्यक्ष धिरज राई, नेपाल प्रवासी मगर संघका उपाध्यक्ष शेरबहादुर रोका, थारु कल्याणकारीणी सभा कतार च्याप्टरका उपसभापति सियाराम चौधरी, नेःवा पुचका उपाध्यक्ष उपेन्द्ररत्न शाक्य, कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर तमू, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रवि भट्ट रोषी, कान्तिपुर गल्फ साप्ताहिकका सम्वाददाता होम कार्की, राजधानी अन्तरराष्ट्रिय साप्ताहिकका पत्रकार प्रेम लामा आदिको सहभागिता रहेको उक्त कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए।

समाजका प्रथम उपाध्यक्ष खेम तमूले स्वागत मन्तव्य राखेको कार्यक्रममा निर्देशक सल्लाहकार बिमल तमू, संस्थापक अध्यक्ष तथा सल्लाहकार सदस्य राम तमू, सल्लाहकार सदस्यहरु क्रमशः बुधबल तमू, जगन तमू, लक्ष्मीकुमार तमू, बुद्ध तमू, मदन तमू र आशु तमूको पनि उपस्थिति थियो।

एनआरएनए आईसीसी उपाध्यक्ष टिबि कार्कीबाट द्विप प्रज्वलित गरि सुरु भएको कार्यक्रममा प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, महिला विभागकी संयोजक टौमाया तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक दुर्गा तमू, केन्द्रिय समिति र शाखा समितिका पदाधिारी तथा सदस्यहरु लगायत उल्लेख्य मात्रामा कतारवासी तमू तमूस्योहरुको सहभागितामा रहेको थियो।

प्रशंसापत्रद्वारा सम्मान:
तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको आयोजनामा सम्पन्न नेपाली सांगितिक मेला २०१३ र त ल्होसार विशेष कार्यक्रममा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई अध्यक्ष कृष्ण तमूले समाजको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । त्यसरी सम्मानित हुने संस्थाहरुमा एनआरएनए एनसीसी कतार, फ्रेण्डली फुड सेन्टर, कार्गो नेट सर्भिस लगायत थिए । व्यवसायी आरके शर्मा, टिबि कार्की, मकसुद आलम, पुर्ण केसी, नरेन्द्र भाट, सागर नेपाल, बिमल सुबेदी आदि सहयोगि व्यक्तिहरु पनि प्रशंसापत्रबाट सम्मानित भएका थिए । त्यसै गरि बुधबल तमू, जगन तमू, बुद्धिराज तमू, खुशीमान तमू, केशरसिंह तमू, धनबहादुर तमू, शान तमू, पदम तमू, ईच्छा तमू, रनबहादुर तमू, सुर्य तमू, शान्त तमू, गोरे (धन) तमू, आउत तमू, बलबहादुर तमू, चित्रबहादुर तमू लगायत समाजका पदाधिकारी तथा सदस्यहरु समेत प्रशंसापत्रद्वारा सम्मानित भएका थिए।

तमू सांस्कृतिक परिवारका कलाकारहरु सम्मानित:
तमू सांस्कृतिक परिवारको आयोजनामा सम्पन्न प्रतियोगितात्मक कार्यक्रम नेपाली सांगितिक मेला २०१३ को युगल तथा सामुहिक नृत्य समुह तर्फ प्रथम स्थान ओगटन सफल जोडी यशोदा बस्नेत र अजय परियार तथा एकल नृत्य तर्फ ग्राण्ड फिनालेमा पुग्न सफल सरस्वति तमूस्योलाई खादाले सम्मान गरिएको थियो।

रमाईलो खेलकुद कार्यक्रम:
चेलिबेटी भोज तथा वनभोज कार्यक्रमलाई अरु रमाईलो र मनोरञ्जनात्मक बनाउन विभिन्न प्रतियोगितात्मक खेलकुद कार्यक्रमहरुको आयोजना गरिएको थियो । अध्यक्ष सुर्य तमूको नेतृत्वमा सचिव पुर्ण तमू लगायत सिंगो तमू खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरुको सकृयतामा खेलकुद कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो।

यस वर्षको तमू म्रु (गुरुङ राजा) तनहु“का लक्ष्मण तमू:
तमू समुदाय भित्र परम्परागत रुपमा चलन चल्तिमा रहेको छेलो फालेर म्रु (राजा) छान्ने कार्य कतारमा बिगत केहि वर्षदेखि लगातार हुदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि तमूहरुको विचमा प्रतिस्पर्धात्मक छेलो फाल्ने प्रतियोगिता सम्पन्न भएको थियो । सबै प्रतियोगिहरुलाई पछि पार्दै तनहु“ भानुमति २ का लक्ष्मण तमू यस वर्षको तमू म्रु (गुरुङ राजा) घोषित भएका छन । तमू समाज कतारको परम्परा अनुसार यो त ल्हो वर्ष भरि लक्ष्मण तमू राजाका रुपमा रहने छन् । नव घोषीत राजा लक्ष्मण तमूलाई पछयाउदै लम्जुङ बास्वरा १ का सोम तमू द्वित्तीय भएका थिए।

डोरी तान्ने प्रतियोगिताको उपाधि तमू खेलकुद समितिको टिमलाई:
तमू समाज कतार केन्द्रिय कार्यसमिति सहित यस अन्तर्गत विभिन्न शाखा समिति र सल्लाहकार समितिहरुको विचमा मनोरञ्जनात्मक डोरी तान्ने खेल सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा तमू खेलकुद समितिको टिम प्रथम हुन सफल भयो भने तमू सांस्कृतिक परिवारको टिमले द्वित्तीय स्थान हासिल ग¥यो।

घैंटो फुटाउने खेलमा शिवराज तमूले बाजि मारे:
खेलकुद कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन घैंटो फुटाउने खेलको पनि आयोजना गरिएको थियो । अत्यन्त आकर्षक ढंगले पश्चिमाञ्चल सम्पर्क समितिका कोषाध्यक्ष शिवराज तमूले घैंटो फुटाउन सफलता प्राप्त गरेका थिए।

तातो आलु प्रतियोगिताको बिजेता सरस्वति तमूस्यो:
रमाईलो खेलकुदमा दिदीबहिनीहरुलाई सहभागि गराउन प्रतियोगितात्मक कार्यक्रम तातो आलु खेलको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा तमू सांस्कृतिक परिवारकी कलाकार सरस्वती तमूस्योले प्रथम स्थान हासिल गरिन् भने श्रीमति मिङमा तमूस्योले द्वित्तीय स्थान प्राप्त गरिन। माथि उल्लेखित विभिन्न खेलकुद प्रतियोगितामा बिजेता टिमहरुलाई परम्परागत पुरस्कारहरु क्रेगी (फेटा), क्रमु (पछयौरी), ढाका टोपी आदि वितरण गरिएको थियो।

चेलिबेटीहरु सम्मानित:
तमू समाज कतारको मातहातमा रहेको महिला विभागका पदाधिकारी तथा सदस्यहरुलाई क्रमु (पछयौरी) ले सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुने चेलिहरुमा क्रमशः संयोजक टौमाया तमूस्यो, सहसंयोजक कल्पना तमूस्यो, सचिव प्रतिक्षा तमूस्यो र सदस्यहरुमा क्रमशः डिलकुमारी तमूस्यो, माया“ तमूस्यो, अनिता तमूस्यो, पार्वति तमूस्यो लगायत गैर तमू भएर पनि तमू समाजसंग सधैं सहकार्य गर्ने चेलिहरु क्रमशः मानर्थ सदस्य यशोदा बस्नेत, समिक्षा श्रेष्ठ लगायत थिए।

रमाईलो सांस्कृतिक तथा साहित्यिक प्रस्तुति:
जाग लम्क चम्क हे नौ जवान हो बोलको स्वदेश गानमा तमू समाज कतारका निर्देशक सल्लाहकार तथा तमू सांस्कृतिक परिवारका पुर्व अध्यक्ष बिमल तमू र कलाकार निनल तमूको संयुक्त प्रस्तुतिबाट सुरु भएको सांस्कृतिक कार्यक्रमहरु निकै मनोरञ्जनात्मक र आकर्षक थिए । बट स्लोलि स्लोलि बोलको गीतमा तमू सांस्कृतिक परिवारका कलाकारहरु यशोदा बस्नेत र अजय परियारको बेजोड प्रस्तुतिले सबैको मन जितेको थियो भने हदो हदो नौमति बाजा बोलको तमू कोई (गुरुङ गीत) मा गोरे तमू र अनिता तमूस्योको नृत्यले सबैको मन लोभ्याएको थियो । त्यसरी नै नाचु नाचु बनायो खैचडीको ताल सुन्दा बोलको गीतमा प्रशिम तमू, भुपेन्द्र रखिम मगर, अनिता तमूस्यो र सरस्वति तमूस्योको कौडा नृत्यले पनि कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमूले आफनै एलबमबाट निकै चर्चित गीतहरु पस्केका थिए भने उदियमान गायक निनल तमू र सन्तोष तमूको प्रस्तुतिहरु कार्यक्रमका अन्य आकर्षणहरु थिए।

कतारमा गजलकारको रुपमा परिचित नेपाली साहित्यिक सर्जक तथा तमू समाज कतार अन्तर्गत पुर्वाञ्चलक सम्पर्क समितिका सचिव पुर्ण कान्छा तमूले गीत र आफना दुई मुक्तक प्रस्तुत गरेका थिए । उनको साहित्यिक प्रस्तुतिमा प्रवासिएका नेपालीहरुको पिडा बोलेको थियो।

चेलिबेटी भोज तथा वनभोज:
सेल रोटि र अचारको स्वादिलो परिकारबाट सुरु भएको खान पिनको कार्यक्रम विभिन्न स्वादिलो भोजनबाट समापन गरिएको थियो । अन्तमा छोटो समयमा तय गरिएको चेलिबेटी भोज तथा वनभोज कार्यक्रम सफल बनाउन अहोरात्र खटनु हुने सबैलाई र विशेष गरेर चेलिबेटीहरुलाई धन्यवाद टक्रयाउदै अध्यक्ष तथा सभापति कृष्ण तमूले कार्यक्रम समापन गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस