नवराज बस्नेत / एचकेनेपाल डट कम –
अबुधाबी युएई। पाकिस्तानी नागरिक हत्या अभियोगमा युएई जेलमा रहेका नेपाली नागरिक अनिश खालिङ राईलाई मृत्युदण्डबाट बचाउन युएईबाट संकलित रकम नेपाल पठाईएको छ|

फाइल फोटोः अनिश खालिंग राई


अनिश खालिंग राई बचाऊ अभियान सचिबालय समिति युएईले संकलन गरेको ९४ हजार दिर्हाम नेपाली रुपैया २५ लाख हिमालयन बैंक मार्फत काठमाडौंको ग्लोबल आईएमई बैंक, चाबहिल खाता न. ३७०-७०१-०००३-७०४ मा पठाईएको हो| उक्त खाता खालिंग बचाऊ अभियान समितिका संयोजक नारद खालिंग राई र खालिंगकी पत्नी रविता राईको संयुक्त नाममा रहेको छ|

अनिश खालिंग राई बचाऊ सचिवालय यूएईका संयोजक तथा गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको बिशेष उपस्थितिमा उक्त रकम पठाईएको हो| उक्त अवसरमा लेखा समिति संयोजक कृष्ण पौडेल, लेखा समिती सदस्य मुम्चे राई, हिमालयन बैंकका यूएई प्रतिनिधि रमेश अधिकारी, किरात राई यायोक्खा युएईका तर्फबाट कटक राई, चक्र राई र अमर खालिंग राईको समेत उपस्थिति रहेको थियो|

खालिंगको जीवन रक्षाका लागि बिश्वभरिबाट नेपालीहरुले आर्थिक संकलन गरि पठाएका छन्| यूएईको अदालतले उनलाई ३ लाख दिर्हाम ब्लड मनि र ५ बर्षको जेल सजाय तोकेको छ| तोकिएको ब्लड मनि बुझाए पश्चात उनको मृत्युदण्डको सजाय माफ हुनेछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस