Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङको प्रथम वार्षिक उत्सव सम्पन्न

रविन लिङदेन/ एचकेनेपाल डट कम-
हङकङ, २६ मार्च । तमु राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको प्रथम वार्षिक उत्सव तथा आन्तरिक प्रशिक्षण कार्यक्रम जोर्डनस्थित फूलवारी क्लबमा आइतवार सम्पन्न भएको छ।

प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका सचिव रविन लिम्बू, किराती राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष रमेश नाम्हाङ र उपाध्यक्ष कमला राई, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङ अध्यक्ष वसन्त थापा मगर, काउलुन क्षेत्रिय कमिटि हङकङका उपाध्यक्ष डा. संगम गुरुङले शुभकामना मन्वब्य दिएका थिए।

तस्वीरहरूः रविन लिङदेन/ एचकेनेपाल डट कम

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीहरुले जातियताको आधारमा राज्य पुर्नंसरचना हुन नहुने भन्ने अभिब्यक्ति दिएकोमा खासै आपत्ति नभएको तर एकीकृत नेकपा माओवादी पार्टीका एक मन्त्रीले नै जातियताको आधारमा राज्य पुर्नंसरचना हुन नहुने अभिब्यक्ति दिएकोमा घोर आपत्ति जनाइएको छ। राज्य पुर्नंसरचना हुँदा आत्मनिर्णयको अधिकारसहितको जातियताको आधारमा संघीय राज्य हुनुपर्नेमा जोड दिइएको थियो।

वार्षिक उत्सवको अवसरमा गरिएको प्रशिक्षण कार्यक्रममा आयोजकले प्रशिक्षकलाई विषयको शीर्षक दिएर प्रशिक्षण कार्यक्रम गरिएको थियो।

प्रशिक्षण दिने क्रममा एकीकृत नेकपा माओवादी पार्टी जिल्ला कमिटि हङकङका सचिव जे.बी. ओख्राबुले नेपाल कम्यूनिष्ट पार्टीको विषयमा प्रशिक्षण दिएका थिए। पार्टीको संसदीय ब्यवस्थाको विषयमा एकीकृत नेकपा माओवादी पार्टी जिल्ला कमिटि हङकङका सहसचिव पवन वस्नेत तथा संगठन, संघर्ष, एकता र दार्शनिक महत्वको विषयमा नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष विष्णु गुरुङले प्रशिक्षण दिएका थिए।

जाती र जनजातीको बारेमा भूपेन्द्र चेम्जोङ र चन्द्र दुमि राईले प्रशिक्षण दिएका थिए। जातीय संघ संस्थाको विषयमा कृषण लिङखा, शासकीय स्वरुपको विषयमा चुरा थापा, वर्गिय मुक्ति र जातिय मुक्तिको विषयमा हेम थापा, अनुशासन, पद्घती तथा जनवादी केन्द्रियताको बारेमा किशोर महराले प्रशिक्षण दिएका थिए।

तमु राष्ट्रिय मुक्ति मोर्चाको कार्यवाहक अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम कार्यवाहक सचिव राजु गुरुङले संचालन गरेका थिए। उक्त कार्यक्रमलाई मोर्चाको सदस्य नैनसिं तमुले स्वागत मन्तब्य दिएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by