देवी जंग तमु / एचकेनेपाल डट कम-
पोखरा, १३ चैत्र । सायद स्वय तीर्थबहादुर गुरुङले पनि सोचेका थिएनन् होला आफ्नो स्वास्थ्य उपचारका लागि यति धेरै सहयोगी हातहरु अगाडि बढ्नेछन् भनेर । र चिउली पार्चे तमु समाज पोखरा, सिक्लेस विकास सरोकार समूह र सिक्लेस युवा क्लवलाई पनि विश्वास थिएनन् होला, कि आफूहरुले तीर्थबहादुर गुरुङको सहयोगको लागि गरेको आग्रहले यति धेरै सहयोगदाताहरुले सहयोग गर्नेछन् भनेर।
देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले तीर्थबहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि पछिल्लो पटक करीव साढे २७ लाख आर्थिक संकलन गरिसकेका छन्।
चिउली पार्चे तमु समाज पोखरा र अन्य संघसंस्थाको अगुवाईमा शिक्षक एवम् कवि मृगौला पीडित गुरुङको स्वास्थ्य उपचारका लागि अमेरिकामा रहेका प्रवासीहरुबाट १ लाख ३५ हजार ४ सय संकलित सहित सोमवारसम्म जम्मा २७ लाख ४० हजार ५ सय ९० रुपैया संकलन भइसकेको समाजका सचिव पम वहादुर गुरुङले जानकारी दिनुभयो।
तस्वीरः देवी जंग तमु / एचकेनेपाल डट कम
समाजलाई अमेरिकाबाट प्राप्त संकलित १ लाख ३५ हजार ४ सय रुपैयाँ सोमवार एक समारोहवीच समाजका अध्यक्ष क्याप्टेन गुमनध्वज गुरुङ र अमेरिकामा रहनुभएका हितमान गुरुङका बाबा चुरुमान गुरुङमार्फत पीडितका कान्छाबाबा रामसुब्बा गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।
अमेरिकाबाट मृगौलापीडित गुरुङको उपचारका लागि विनोद गुरुङ, विजय गुरुङ र चिज माया गुरुङले दुइ सय १ अमेरिकी डलर, ठूले गुरुङले १ सय ४० डलर, ठूलेको माइलाले १ सय १ डलर, पेउ गुरुङ्ग र गुनसिरी गुरुङ्गले १ सय ३० डलर, हितमान गुरुङ्गले १ सय १ डलर, धिरज गुरुङ्गले १ सय १ डलर, आइत गुरुङ्गले १ सय १ डलर, जित वहादुर गुरुङ्गले १ सय १ डलर सहयोग गर्नुभएको हो।
त्यसैगरी, अरुण कुमार गुरुङ्गबाट १ सय १ डलर, चक्र गुरुङ्ग १ सय ४० डलर, टौमाया गुरुङ्ग ५० डलर, रण वहादुर गुरुङ्ग ५०, किसन थापा ५० डलर, चन्द्र गुरुङ्ग ५० डलर, गितु गुरुङ्ग र माइचेल गुरुङ्गबाट ४० डलर, रोशन गुरुङ्ग ३० डलर, घना गुरुङ्ग २५ डलर, प्रेम श्रेष्ठ ४० डलर, सुरेश श्रेष्ठ २० डलर र लोकबाट २० डलर आर्थिक सहयोग प्राप्त भएको हो।
त्यस्तैगरी, लेखनाथ निवासी गणेश गुरुङ्गबाट प्राप्त १ हजार र तनहुँका टिकाराम गुरुङ्गबाट प्राप्त ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग पनि समाजले पीडितका कान्छाबाबा रामसुब्बा गुरुङलाई हस्तान्तरण गरेको छ।
समाजका अध्यक्ष क्याप्टेन गुमनध्वोज गुरुङको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष सुवेदार रण वहादुर गुरुङ, सचिव पम वहादुर गुरुङ्ग लगायतले बोल्नुभएको थियो।
आफ्ना साहित्य अनुरागी सहकर्मीबाट होस् वा आफूले अध्यापन गराएका विद्यार्थी एवम् आफ्नै गाउँका दाजुभाई दिदीवहिनी तथा अन्य सहयोगी मित्रहरुबाट होस्, सवैको पहलमा संकलित आर्थिक सहयोग प्राप्त भईरहेको अवस्थामा मृगौला पीडित गुरुङ्ग मृगौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ टिचिङ्ग अस्पतालमा हुनुहुन्छ।
पारिवारिक स्रोतका अनुसार पीडित गुरुङ्गको स्वास्थ्यमा पनि क्रमिक सुधार आउदै गरेको र केही दिनभित्र नै मृगौला प्रत्यारोपण समेत गर्ने बताइएको छ।
गुरुङलाई सहयोग गर्न चाहने व्यक्तिहरुले H and B बैँक महेन्द्रपुलको खाता नम्वर ००१००००६३२१ F मा जम्मा गर्न पीडितका कान्छा वावा गुरुङ्गले सबैलाई आग्रह गर्नुभएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस