विषय- दोहोरो नागरिकता– हाम्रो घोषणा ।
आज मिति २०७० साल फाल्गुन २५ गते आईताबार तदनुरुप २०१४ मार्च ०९ गतेका दिन बिगेसोका संयोजक पदमसुन्दर लिम्बुको संयोजकत्वमा केन्द्रीय तथा बिभिन्न क्षेत्रिय समितिहरुका सदस्यहरु उपस्थित भई प्रवक्ता श्री नरेन्द्र राज काम्बांगको अध्यक्षतामा उपरोक्त बिषयमा बिचार बिमर्श गर्न बैठक बसियो।
उपस्थिती सदस्यहरुमा गोरखा भूपूहरु र उनीहरुको बालबच्चालाई नेपाल सरकारको सहमतिमा बेलायत सरकारले दिएको आवासीय भिषाका साथै बेलायत सरकारले दिएको दोहोरो नागरिकताकोे अधिकार उपभोग गर्न नेपाल सरकारले पनि दोहोेरो नागरिकताको अधिकार दिन विभिन्न मान्यताहरु स्थापित भई सो सम्बन्धि नेपाल सरकारसित माग राख्न गोरखा भूपूहरुको नै अगुवाईमा पहल गरी नेपालका बिभिन्न संधसंस्था र राजनितिक पार्टी बुद्धिजीवि र पत्रकार बन्धुहरुकोे सहयोग र समर्थन जुटाउदै आगामी दिनमा लेखिने सम्बिधानमा गोरखा भुपु र उनीहरुको बालबच्चाको नेपालमा दोहोरो नागरिक्ताको व्यवस्था कायम गरी नेपाली नागरिकताको अधिकार सुरक्षित हुने अधिकार उल्लेख गराउन अति आवश्यक देखियो।
तसर्थ यस महान कार्यका निमित्त सम्पूर्ण गोरखा भूपूहरुको एकताको आवश्यकता देखिएको र यसका निमित्त कुनै संघ संस्थाबाट पहल नभई सिंगो एन आर एन युकेमाथि निर्भर रहेकोमा, आजसम्म संस्थाको आपसी द्वन्दको कारण सम्भव नदेखिन्दा अब आगामी दिनका लागि बिगेसोको नेतृत्वबाट यस कार्यमा सम्पूर्ण भूपू र उनीहरुको परिवारलाई एकताबद्ध गराउने पहल गर्दै नेपाल सरकारमा माग राख्ने भनि उपस्थित सदस्यहरुको सर्वसम्मतले निर्णय गरी आजका दिन गोरखा राजदूत रेष्टुराँन्ट (जोनी गोरखा रेष्टुरेन्ट) बेलायतको अलडरसटबाट “दोहोरो नागरिकता हाम्रो– घोषणा” भनि सार्बजनिक गरियो।
भवदिय
उत्तम प्रसाद राई
सचिव
बिगेसो