सम थापा / एचकेनेपाल डट कम-
भक्तपुर। लामो समयदेखि दुवै मृगौला विग्रिएका अछाम जिल्ला चण्डिका–३ का २६ वर्षीय चेतमान नगर्ची दमाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित रहेका बेला विश्वका विभिन्न मुलुकमा रहेका प्रवासीले उपचार खर्च बापत ८५ हजार २७ रुपैंया रकम सहयोग गरेका छन्।

उपचार खर्चको अभाव बेहोरी रहेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि प्रवासी नेपालीहरुले सहयोग रकम उपलब्ध गराएका हुन्। नागर्चीलाई प्रवासी नेपाली एनआरएन अफ्रिकाका संयोजक हिक्मत थापाको सक्रियतामा तीस हजार, डेनमार्कमा रहेका पूर्ण बन्धबाट ३२ हजार २७ कतारमा रहेका चन्द्र थापाबाट दश हजार र कोरियामा रहेका मिलन थापाको सक्रियताबाट १३ हजार गरि कुल ८५ हजार २७ रुपैंया रफत सञ्चार क्लव भक्तपुरमा हिमालय टेलिभिजनका न्यूज म्यानेजर सोमबहादुर थापा, मानव अगं प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकार चन्द्र श्रेष्ठका साथै रफत सञ्चार क्लवका अध्यक्ष सुशिल बन्धु थापाले संयुक्त हस्तान्तरण गरेका छन्।

यसै गरि एनआरएन अफ्रिकाका संयोजका हिक्मत थापाले प्रेस विज्ञप्ति जारी गर्दै नगर्चीको उपचारमा सहयोग गर्न अपिल गर्नु भएको छ भने नगर्चीको उपचारमा सहयोग गर्न भक्तपुरस्थित पत्रकारहरुको साझा संस्था रफत सञ्चार क्लवले चेतमान नगर्ची दमाई राहत कोष स्थापना गरेको छ। राष्ट्रिय बाणिज्य बैंक शाखा सूर्यविनायकको बचत खाता नं१३७००२३१००१० मा सहयोग रकम जम्मा गर्न सकिने छ।

कार्यक्रममा मानव अगं प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकार चन्द्र श्रेष्ठले मृगौला रोगी हरेक वर्ष बढ्दै गईरहेको बताउँदै यसको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनु भयो। उहाँले नेपालमा ३० लाखभन्दा बढि मृगौला रोगी भएको भन्दै ती मध्ये ३ हजार गम्भीर खालको मृगौला रोगबाट पीडित भएको बताउनु भयो। उहाँले मृगौला रोग लगायत गम्भीर खाल रोगको जोखिमबाट नेपालीलाई जोगाउन स्वास्थ्य बीमा कार्यक्रमको लागि सरोकारवालाहरुले सरकारलाई घच्घच्चाउन पर्नेमा जोड दिनुभयो। उहाँले मृत्युपछि अंगदान गर्न हाल रहेको कानुनी जटिलतालाई हटाउँदै व्यबहारिक हुनु पर्नेमा जोड दिनु भयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस