Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जापानको टोकियोमा “भ्रेँ ” अर्थात् ” पाहुना ” चलचित्र प्रर्दशन हुने

जापानको टोकियोमा “भ्रेँ ” अर्थात् ” पाहुना ” चलचित्र प्रर्दशन हुने
श्री गुरुङ / टोकियो : ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित पहिलो प्रस्तुति गुरुङ भाषाको चलचित्र “भ्रेँ” अर्थात “पाहुना”यही आउदो मे महिनाको २५ तारिख आईतवारको दिन दिउसो ठीक १ बजे सिन्जुकु स्थित खाबुकी च्यो युनिभर्शल हलमा प्रर्दशन हुने भएको छ।

मओत्से गुरुङ द्वारा निर्देशन गरिएको उक्त चलचित्र अन्नपुर्ण र हिउचुलीको फेदमा अबस्थित समुद्र सतह देखि ४००० मी आग्लो मुल्टे लेक तथा नेपालको चर्चित पर्यटकिय गन्तब्यको रुपमा परिचित रमणिय ढुङेनी गाऊ घान्द्रुकको सेरोफेरोमा छायाँँकन गरिएको उक्त चलचित्र तमु धींं जापानको आयोजनमा प्रर्दशन गरिने भएको छ। डकुमेन्ट्रि बनाउन घान्द्रुक पुगेकी युबती र चंउरी गोठालो बिचको कथा बस्तु एवं घान्द्रुक गाऊको रहनसहन,भाषा,संस्क्रती पर्यटन प्रर्वद्दन पाहुनालाई गरिने सत्कार युवाहरू आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्ने चलचित्रको सन्देश रहेको कुरा निर्माता पक्षले हामीलाई बताए।

युक्तमान गुरुङ{मोफसल},शरद{कालु}गुरुङ,स्वर्ग गुरुङ,मुना गुरुङले २० लाख लागतमा निर्माण गरेको चलचित्रको नायकमा बिमल गुरुङ, नायिका रजनी गुरुङ र अन्य कलाकारहरुमा कुल बहादुर गुरुङ,सुरज गुरुङ,अन्जु गुरुङ,सन्तोष गुरुङ,बिशाल गुरुङ अमृत गुरुङ र रबिता गुरुङ रहेको छ। सन्तोष कोन्मेको छायाँकन अरमान गुरुङ र जस्सु गुरुङको कोरियोग्राफी रहेको चलचित्रमा ५ वटा गीतहरू समबेश गरिएको छ। मओत्से गुरुङ र बिमल गुरुङको कथा रहेको चलचित्रमा अत्यन्त साहसिक भिर मह काटने द्रिश्य पनि समावेश गरिएको उक्त चलचित्रलाई दर्शकहरूले मन पराईदिनुहुनेछ भन्ने निर्माण पक्षको दाबी छ। फाल्गुन १७ गते पोखराको कल्पना हलमा पहिलो प्रिमियर शो भब्य रुपमा आपर सफलता पछी दर्शकहरूको माग संगै बिभिन्न ठाउँहरूमा प्रर्दशन गर्ने क्रममा जापानमा बस्नुहुने नेपालिहरूलाई मनोरन्जन दिन तमु धी जापानले “भ्रेँ” चलचित्र प्रर्दशन गर्न लागेको हो। चलचित्र प्रर्दशनबाट संकलित केही रकम रोधी क्लब सामुदायिक भवन निर्माणमा सहयोग गर्ने योजना रहेको कुरा आयोजकले बताए। स्मरण रहोस जापानमा स्थापित संस्था तमु धी जापानले बर्सेनी ल्होसार तथा रोधी साँझ साथै बिभिन्न किसिमको कार्यक्रमहरू गर्दै आइरहेको छ। मे महिनाको २५ तारिख “भ्रेँ” चलचित्र हेर्न आउनु भई सहयोग गरिदिनुहुन सम्पुर्ण जापानबासी नेपालि दाजुभाई दिदिबहिनीहरूलाई तमु धी जापान हार्दिक निमन्त्रण गर्दछौ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by