मञ्जु गुरुङ / एचकेनेपाल डट कम-
नारी हकलाई डटेर लड्ने छौ,
दुःख बुझी समाधान गर्ने छौ ।

गायिका सरु पौडेलले महिला अधिकारलाई भाकामा यसैगरी प्रस्तुत गर्दा कार्यक्रममा तालीको गढ्गडाहट गुञ्जियो। त्यति मात्र हैन कति महिलाले त कम्मर मर्काउदै आप्mनो अधिकारको आवाजलाई साथ दिएका थिए।

परदेशी भूमि कोरियामा रहेका नेपाली महिलाहरुले यसैगरी आइतबार १०४ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाए। महिलाका लागि महिलाले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नारी अधिकारका विभिन्न पक्षलाई प्रस्तुत गरेका थिए। अन्तर्राष्ट्रिय श्रम महिला दिवसको रुपमा विश्वभरी मनाउदै आएको नारी दिवसको सन्दर्भमा नेपाल दूतबासका श्रम सहचारी अनिल गुरुङले कोरियामा विभिन्न समस्या र कष्टका बावजुद पनि आप्mनो श्रम र शिपबाट नेपाली महिलाहरु उदाहरणीय बनिरहेको बताउनुभयो। त्यस्तै प्रमुख अतिथि नेपाली राजदूत कमानसिंह लामाकी पत्नि इन्द्रमाया तामाङले राजनीतिक दल र संघसंस्थाले महिलालाई तोकिएको ३३ प्रतिशत कोटा उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो। साथै महिलाको समस्या महिलाले नै बुझने भएकाले महिला संगठनको सान्दर्भिकता रहेको पनि थप्नु भयो।

सउलको शुभेक्षा रेष्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनका अध्यक्ष विनोद कुवरले कोरियामा विवाह गरी आएका नेपाली महिलाको समस्याबारे प्रकाश पार्नु भएको थियो। एनसिसिका उपाध्यक्ष बलराम पुनले कोरियामा पनि महीलाको श्रममा विभेद भएकाले आवाज उठाउनु पर्ने सुझाव दिनुभयो। महिलाका लागि महिलाका अध्यक्ष जुनु गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा एनसिसि कोरियाका अध्यक्ष लोचन राई, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली, महिलाका लागि महिलाकी सल्लाहकार लक्ष्मी गुरुड लगायतले पनि बोल्नुभएको थियो। कार्यक्रममा महीला र पुरुषको बराबरी सहभागिता रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस