दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २६ फागुन। राष्ट्रिय ए डिभिजन लिगको उपविजेता एनएमबी मछिन्द्र फुटबल क्लव पोखरामा जारी १२ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा सोमबार भएको तेश्रो क्वार्टरफाईनल खेलमा मछिन्द्रले सिम्रिक सरस्वती युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। विजयी भएको मछिन्द्रले घरेलु टिम सहारा क्लवसँग यही फागुन २८ गते पहिलो सेमिफाईनल खेलमा प्रतिष्पर्धा गर्ने भएको छ।

मछिन्द्रको जितमा बिशाल राई, जाजा र दिलेन लोक्तानले एक एक गोल गर्दा सरस्वतीका जगजीत श्रेष्ठले एक गोल गरेका हुन । सरस्वतीले खेलमा गोल गरेर अग्रता लिएको भए पनि बाँकी समय सम्हालिन नसक्दा अन्ततः मछिन्द्रसंग पराजित हुनुप¥यो । सरस्वतीका श्रेष्ठले खेलको २४ मिनेटमा पहिलो गोल गरेका थिए।

मछिन्द्रका बिशाल राईले खेलको ३३ मिनेटमा गोल गरेर खेल बराबरीमा पु¥याएका थिए । निकोको फ्रिकिक बललाई करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बल सरस्वतीका गोलरक्षक अशोक बरालको हातबाट फुत्केपछि गोल लाईन नजिकै रहेका राईले बललाई पोष्टमा दिशा दिएका हुन । पहिलो हाफमा एक–एक गोलले बराबरीमा पुगेको थियो।

खेलको ६० मिनेटमा जाजाले करिब ३५ यार्ड टाढाबाट गरेको शसक्त प्रहार सिधै गोलमा परिणत भयो । विपक्षी गोलरक्षक बराल पोजिसनमा नरहेको अबस्थामा जाजाले दोश्रो बार च्याप्दै गोल गरी टिमलाई अग्रता दिलाए । खेलको ७३ मिनेटमा उत्तम गुरुङको फ्रिकिक बललाई फ्लिक हेड गर्दै लोक्ताले विजय सुनिश्चित पारे । खेलमा मछिन्द्रका निको म्यान अफ दी म्याच भए । मछिन्द्रका रजीन धिमालले सरस्वतीका विजय गुरुङलाई हाने हानेपछि पाएको फ्रिकिकलाई उपयोग गर्दै जगजीतले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसअघि नै खेलको ४ मिनेटमै पियुश हेनरीले करिब २० यार्ड टाढाबाट प्रहार गरेको बल मछिन्द्रका गोलरक्षक दीनेश थापामगरले पञ्च गरेर बचाए । खेलको ३९ मिनटमै विजयकै पोष्टचार्ज मछिन्द्रका कप्तान हेम गुरुङले विफल पारिदिए । ६३ मिनेटमा हेनरीकै क्रसमा विजयको प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए।

मछिन्द्रले पाएका थोरै अवसरलाई सदुपयोग गर्दा जित सुनिस्चीत गर्योभने सरस्वतीले पाएका अवसरलाई खेर फाल्दा आहा राराको क्वाटरपाmईनलबाटै यात्रा टुंगाउनु पर्यो। खेलको ४९ मिनेटमा बिशाल राईले करिब ८ यार्डबाट गरेको पहिलोबार च्याप्दै गरेको प्रहार गोलरक्षकले पञ्च गरेर जोगाएका थिए।

पराजित भएको सरस्वतीका संयोजक नवीन पराजुलीले आफुहरु उत्कृष्ट खेल प्रर्दशन गरे पनि पाएका अवसर गोलमा परिणत नहुदा हार व्यहोर्नु परेको बताए । उनले संकटा र मनाङ बाहेक सवै जसो टिमसंग टप म्याच हुने रणनितिमा आफुहरु खेल्न सक्ने दाबी गरे । ‘हामीले अग्रता लिएका हौ। तर पनि त्यसलाई कायम राख्न सकेनौ’ उनले भने, पहिलो शिल्ली गोल खानु नै हारको कारण हो। ”

मछिन्द्रका प्रशिक्षक जोहान कलिनले सरस्वतीका खेलाडी पनि उत्कृष्ट खेलेकोमा प्रशंसा गर्दै आफुहरुले पाएका अवसर सदुपयोग भएकोले जित भएको बताए । उनले पहिलो २० मिनेट बाहेकको खेल राम्रो खेलेको बताए । मंगलबार अन्तिम क्वाटरफाईनल खेलमा सिएमजी संकटा बिरुद्ध लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव बिच खेल हुनेछ । मनाङले सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा बनाउदा संकटाले भने सामसुङ जाउला खेल क्लवलाई पराजित गरी मनाङसंगको भेट पक्का गरेको हो।

यसै विच भलिवल खेलाडी सिपोरा गुरुङले सोमबार सहारा एकेडेमीको लागि २५ हजार रुपैया हस्तान्तरण गरेकी छन । गुरुङले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेकी हुन । वालवालीकाको सहयोगार्थ माया सांगितीक कार्यक्रमबाट संकलन भएको उक्त रकम उनले क्लवलाई सहयोग गरेकी हुन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस