निश्चल काउचा-
२०६८ बैशाख ७ गते कान्तिपुर दैनिकले ”धन्य अनुजा! जसले भेट्टाएको ९१ लाख फिर्ता दिईन” शिर्षकमा हर्ष सुब्बाको समाचार मुख्यपुष्ठमा छापेपछि राष्ट्रपति रामवरण यादवले देशमा नैतिक खडेरी परेको बेला तिमीले ईमान्दारिता देखायौ भन्दै फोन गरेर स्याबासी दिए। अन्तत त्यो समाचार झुट साबित भएपछि कान्तिपुरले आफ्नै समाचारको खण्डन गर्दै माफि माग्यो।
पक्कै पनि समाजमा रहेका बिकृतिको बिरुद्ध कलमले साचो कुरा जनमानस सामु उदाङ्गो बनाउनु पर्छ। कलमको निभबाट निस्कने शब्द यति शक्तिशाली हुन्छ कि नायिका श्रीषा कार्कीको नाङ्गो तस्बिर एउटा सिने पत्रिकाले छापेपछि आत्महत्या गरिन्। त्यस्तै नायिका जेसिका खडकाको गायक प्रकाश ओझासंगको अस्लिल भिडिओ सार्बजनिक भएपछि अन्तत सात वर्षपछि उनले पनि आत्महत्याकै बाटो रोजिन्।
नँया पत्रिका दैनिकले नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिकसंगको अस्लिल भिडिओ सार्वजनिक भएपछि पत्रकारिता जगतमा ठूलै हलचल मच्चिएको थियो। अर्काको निजि जीवनको बारेमा लेख्न हुने कि नहुने ? यदि नम्रता श्रेष्ठले आत्महत्या गरेको खण्डमा जिम्बेवारी को हुने थियो भनेर गरमागरम बहस चलेको थियो। धन्न बलियो मुटु भएकी नम्रताले संघर्ष गरेर अगाडि बढिन् अहिले कला जगतमै सक्रिय छिन्।
२०७० फाल्गुन १४ गते नागरिक दैनिकले ”दिलशोभालाई यौन दुराचार आरोप” शिर्षकमा पत्रकार केपी दुङ्गना र सन्तोष न्युपानेको समाचारले देश, विदेश डडेलो सरि सल्कियो। त्यो समाचार कसैले पत्याए कसैले बिश्वास नलागेको प्रतिक्रिया दिए। आफ्नो दुई छाकबाट अलिकति काटेर आमाघरलाइ सहयोग गर्नेहरुले मन अमिलो बनाए।
सो समाचार बाहिर आएकै दिन आमाघरबाट बालकल्याण समितिले मापदण्ड नपुगेको भन्दै बालबालिका उद्धार गर्यो। जबकि बालकल्याण समितिले नै आमाघरमा बालबालिका बस्नको लागि सिफारिस गर्ने गरेको तथ्य खुलिसकेको छ।
आमाघरमा काम गर्ने दुई किशोरीहरु अप्सरा गुरुङ र आनी संगिता तामाङ्ले रेकर्ड गरेको एक तर्फी कुराकानीको अडियो क्लिपलाइ हवाला दिएर आमाघरमा यौन दुराचार हुने गरेको कुटिल आरोप लगाईएको छ। यौन दुराचारमा नाम जोडिएकी धर्म कुमारी थापा (मिरा ) ७९ बर्षे बृद्धा राधिका मानन्धरसंग सुत्ने जाने गरेको खुलासा भएपछि झन् यो काण्डले अर्कै मोड लिएको छ। अहिलले यो केश अनुसन्धान प्रक्रियामा नै छ। यदि यौन
दुराचारको पुष्टि भएमा दिलशोभा सजायको भागिदार त हुनेनै छिन। कुनै पनि पत्रकारलाई कसैको चरित्र हत्या गर्ने गरि लेख्ने अधिकार छैन। यदि पुष्टि भएन। मानहानीको मुद्धा हालेर ति पत्रकार महोदयले सजाय त पाउलान्। नागरिकका सम्पादक प्रतिक प्रधानले कुन मुखले दिलशोभालाई क्षतिपूर्ति देलान हेर्न बाकी छ। थिचोमिचो गर्नेलाई बाँकी नराख्ने हुकार दिने गृहमत्री बामदेव गौतम र खरो खरेल अर्थात रमेश खरेल पनि काठमाण्डौ प्रहरी प्रमुख छन्।
सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही होस्। अन्यथा नेपाली जनताको पत्रकारितामाथि जनबिश्वाश गुम्ने त छदै छ भविष्यमा जन्मिने हजारौ दिलाशोभाहरुको गर्वमै हत्या हुनेछ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस