सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम-
आशफोर्ड/केन्ट। सगरमाथा गोर्खा नेपाली समाज, आशफोर्ड केन्टले गत शनिवार स्थानीय इन्टरनेशनल भवनमा छैंठौं अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ।

तस्वीरः सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम

प्रत्येक दुई वर्षमा अधिवेशन सभाको आयोजना गरि आर्थिक तथा कार्य प्रगतिको जानकारी गराउने एबं नयाँ कार्यसमितिको चयन गर्ने समाजको बैधानिक व्यवस्था रहेको छ। समाजका अध्यक्ष पोपिराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेडस्टोन नेपाली समाजका अध्यक्ष श्री हरि गुरुङ रहेका थिए। आशफोर्डवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त अधिवेशनको उद्घाटन समाजका अध्यक्ष राई र प्रमुख अतिथिले पानसमा बत्ति बालेर संयुक्त रुपमा गरेका थिए।

समाजका सचिब एबं कार्यक्रम संचालक शोभराज गुरुङले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने उपस्थित अतिथि एबं सदस्य महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष श्री लिम्बूले स्वागत मन्तब्य व्यक्त गरेका थिए।

अधिवेशनमा सचिब शोभराज गुरुङले समाजको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बसुन्धरा राई र गोकुल लिम्बूले महिला तथा युवा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष अमृता तामाङले समाजको तथा सन्दिप राईले युवा समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रोपर्टी मेम्बर गोपाल तामाङले समाजको सम्पति प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा पेश गरिएका सबै प्रतिवेदनहरुलाई हलमा उपस्थित महानुभावहरुले ताली बजाएर पास गरेका थिए। मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि गुरुङले अध्यक्ष राईको समाजप्रतिको योगदानको खुलेरै प्रशंसा गरेका थिए।

कार्यक्रममा प्रोपर्टी खरिद, दाताहरुबाट समाजलाई प्राप्त सर-सहयोग एबं गोर्खा सिमेट्रीमा टहरा निर्माण गर्ने आदि बिषयमा बृहत छलफल भएको थियो। पहिलो चरणको कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले सम्पूर्ण सदस्य महानुभावहरु एबं कमिटिका सदस्यहरुबाट पूर्ण सहयोग पाएर आफ्नो कार्यकाल सफल भएको बिश्वास लिएको मन्तब्य राखे पश्चात आफ्नो मातहतमा रहेको समिति भंग भएको घोषणा गरेका थिए।

नयाँ कार्यसमिति चयनको लागि नियुक्त निर्वाचन आयोगका अध्यक्ष श्री डम्मर सिंगक लिम्बू, उपाध्यक्ष श्रीमती ज्ञानदेबी गुरुङ र सचिब तुल छन्त्यालले श्री लिम्बूको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको थियो।

नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा भाष्कर तितुंग, उपाध्यक्षमा बाल कुमारी गुरुङ र अमृता तामांग निर्वाचित भएका छन् भने महासचिब , सचिब, कोषाध्यक्ष, सह-कोषाध्यक्षमा क्रमश: राम प्रसाद लिम्बू, कप्रसाद छन्त्याल, मिसेस कृष्णा राई र मोहन लिम्बू सर्वसम्मतिले निर्वाचित भएका छन्। अन्य सदस्यहरुमा शुष्मा लिम्बू , कमल राई, गोपाल राई , शेरु लिम्बू , मान तबेबूङ्ग , मिन थापा , बलराम गुरुङ तथा बल बहादुर भट्टचन रहेका छन्।

नवगठित महिला समितिको अध्यक्षमा चन्द्रावती राई, उपाध्यक्षमा राजदेबी गुरुङ र बशुन्धरा राई निर्वाचित भएका छन् भने सचिब, सह-सचिब ,कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमस: सरला राई, बिमला लिम्बू, बसिमाया लिम्बू र सकुन नेम्बाङ्ग निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा उमादेबी गुरुङ,निशा गुरुङ,सकुन्तला गुरुङ , युवा थापा ,शान्ति लिम्बू , शान्ता गौचन, प्रमिला मादेन लिम्बू , शान्ता थाङ्गदेन लिम्बू र अरोरा घले रहेका छन्।

त्यसैगरी, युवा समितिको अध्यक्ष, उपाध्यक्ष ,सचिब, सह-सचिब, कोषाध्यक्ष ,सह-कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमश: सन्दिप गुरुङ, गोकुल लिम्बू ,दावा वाङ्गदि शेर्पा ,शिखर लिम्बू,सन्दिप राई,युक्ता गुरुङ ,उदिप बुर्जा मगर, गजेन लिम्बू , शिशिर सुब्बा , प्रशान्त तामांग , सुनिता गुरुङ र अन्जना लिम्बू राई रहेका छन्।

निर्वाचन समितिका अध्यक्ष डम्मर लिम्बूले नवनियुक्त तीनवटै समितिका पदाधिकारीहरुलाई खादा लगाई स्वागत गर्नु भए पश्चात सामुहिक रुपमा प्रतिबद्दता जाहेर गर्न लगाएका थिए भने समितिका तर्फवाट अध्यक्षहरुले समाजको लागि सक्दो काम गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस