उमाकान्त पाण्डे गाउंले/ एचकेनेपाल डट कम-
दुबइ,फागुन १७ – यूएईका लागि नेपाली राजदूत धनन्जय झाले एक कार्यक्रममा गैरजिम्मेवार अभिब्यक्ति दिएका छन्। गैरआवसीय नेपाली संघ(एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा एनआरएन यूएईले दुबइमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै झाले आपत्तिजनक भाषा प्रयोग गरेका हुन्। दूतावास र त्यहां हुने गैरगतिबिधिप्रति गुनासो सुनाउने नेपालीको जबाफमा राजदूत झाले भने ‘कोही नेपाली मर्न चाहे मरे हुन्छ’।

नेपाली दूतावासमा रहेको सेल्टर हाउस महिला उद्धार केन्द्रको झ्यालको ग्रिल भाँचिएको तथा झ्यालसमेत खुल्ला भएकोले त्यसबाट अमानवीय घटना घट्न सक्नेप्रति सचेत गराउन पत्रकार अम्बिका भण्डारीले गुनासो सुनाएका थिए। झ्यालमा ढोका छैन, अझ त्यहा त ग्रिल पनि रहेनछ, कम्तीमा दु:ख पाएर आएका वा अन्य कुनै चिन्तामा हुँदा कारण बस झ्यालबाट लडेर कुनै मानवीय क्षति हुन सक्छ नि महामहिमज्यू ख्याल गरिदिनु पर्यौ भण्डारीले सुझाव स्वरुप गुनासो सुनाए। पत्रकार भण्डारीको जबाफमा राजदूत झाले भने ‘सेल्टर हाउसमा आएर पनि झ्यालबाट हाम फालेर कोही मर्न चाहन्छ भने मरे हुन्छ’ मैले केही गर्न सक्दिन। ‘मेरो ४ बर्षको कार्यकाल हो, दुई बर्ष बिताइ सके अब दुई बर्ष बाँकी छ, फिर्ता पठाएँ जान्छु’ बाँया हातको चुड्की बझाउदै झाले थपे। राजदूत झाले थपे ‘समस्या परेर दूतावासमा धेरै महिला आउंछन,सबैको सुरक्षा लिन सकिदैन। चिन्तामा परेर वा आफू खुशी झ्यालबाट हाम फालेर वा अन्य केही गरेर मर्न चाहन्छ भने जो नेपाली पनि मरे हुन्छ’ आक्रोश हुँदै राजदूत झा कड्किए। राजदूत झाले थपे ‘दूतावासमा आएर काम भएन भन्दै हल्ला गर्ने धेरै छन्। अब काम भएन भनेर पनि मर्न खोज्छन् भने म रोक्न सक्दिंन। त्यस्ताले काम नभएको भन्दै आफ्नो ज्यान त्याग्न चाहन्छ भने मरे हुन्छ,एक दुई जना नेपाली मर्दैमा केही हुँदैन।’

दूतावासको सम्पर्क नम्बरमा कसैले फोन नउठाउने। समयमै काम नगरिदिने, कागजपत्र नमिलेको नाममा नेपालीलाई सास्ती दिने र समयमै राहदानी उपलब्ध नहुने बारे धेरै नेपालीले गुनासो सुनाएका थिए। त्यस्तै दूतावासको वेबसाइटमा पूर्ण जानकारी नभएको, दूतावासका कर्मचारीले गरेको ढिलासुस्तीबारे समस्या देखाएका थिए। जबाफमा राजदूत झाले जनशक्तिको अभावमा सबै काम गर्न नसकेको जबाफ दिएका थिए।
राजदूत झाको गैरजिम्मेवार अभिब्यक्ति संघसस्थाका प्रतिनिधि मौन बसेर सुनिरहे। उनीहरु एक आपसमा कानेखुसी गर्दै राजदूत झाको भनाइको खन्डन गर्न ब्यस्त देखिन्थे। उपस्थित माहोलको अवस्थालाई राम्रोसँग बुझेका झा कार्यक्रम सकिनु अगावै कार्यक्रमबाट बाहिरिन खोजे। राजदूत झा बाहिरिन लागेको देखेपछि अन्तर्क्रियामा उपस्थित एक सर्वसाधारण नेपाली माइक छोपेर मिठास शैलीमा राजदूत झालाई एक मिनेट थप माग गर्दै बस्न आग्रह गरे र भने ‘तपाईं साढे ४ लाख नेपालीको अभिभावकले यस्तो बोल्न मिल्छ? समस्या के हो भन्ने तर्फ नगरेर मर्न चाहे मरे हुन्छ भन्दै गैरअभिब्यक्ति दिने? सर्वसाधारणले तिरेको करबाट जनताको सेवा गर्न खटिएका निजामती कर्मचारीले यस्तो भन्न लाज लाग्दैन महामहिम ज्यू? आफूलाई पुष्प कार्की बताउने नेपालीले एक स्वरमा प्रश्न तेर्साए। राजदूत अकमक्क नजबाफ हुँदै कार्यक्रम स्थलबाट बाहिरिए। उपस्थित संघसस्थाका प्रतिनिधि भने यो पुरै समयाअवधि मौन देखिन्थे।

गैरआवासीय नेपाली संघ(एनआरएन)का केन्द्रिय अध्यक्ष शेष घले प्रमुखको आतिथ्यतामा नेपाली दूतावासका राजदूत झा बिशेष अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा एनआरएन मध्यपूर्व संयोजक चन्द्र रोकाह र पूर्व मध्यपूर्व सह-समंयोजक एलएन सुवेदीसमेत अतीथि थिए। कार्यक्रममा यूएईमा रहेका दुई दर्जन बढी संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। राजदूत झाको भनाइप्रति अन्तर्राष्ट्रिय कलाकार मञ्च यूएईका अध्यक्ष मोहराज शर्माले आपत्ति जनाए। उनले भने ‘जनताको सेवा गर्न नियोगमा बसेको जिम्मेवार व्यक्तिले यस्तो बोल्नु नैतिकता हराउनु हो’। ‘दूतावासमा धेरै समस्या छन, दूतावासको समस्यालाई सुल्झाउन लाग्नु पर्छ। राजदूत झा धेरै जसो कड्किएर बोल्ने स्वभाबका ब्यक्ति भएकोले उनको भनाइमा म खन्डन गर्न चाहदैन’ अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका संयोजक तथा अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्काले भने।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस