सुनिल सङ्गम /एचकेनेपाल डट कम-
न्यू योर्क, २७ फ्रेबुअरी। हिन्दूहरुको महान पर्ब ‘महाशिवरात्रि’ बिश्वभर छरिएर रहेका हिन्दूहरुले हर्ष उल्लाहसका साथ मनाइरहेका बेला अमेरिकाको न्यू योर्कस्थित रिजउडमा पनि यहाँ रहेका नेपालीहरुले भगवान शिवको पूजा आराधना सहित भजन किर्तन, प्रबचन र नाचगान गरि एक रात्रि कार्यक्रम रमाइलोका साथ सम्पन्न गरेको छ।
रिजउड नेप्लिज सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा पण्डित उद्दव शास्त्रीलगायतले प्रबचन र भजन किर्तन प्रस्तुत गरेका थिए भने सुरज श्रेष्ठले समाजमा भै रहेको बिकृतिहरुप्रति व्यंग्य गर्दै व्यंग्य भजन प्रस्तुत गरेर सबैलाई हँसाएका थिए।
राति अबेरसम्म चलेको उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष मोहोन ज्ञवाली, प्रख्यात बरिष्ठ लोयर खगेन्द्र जी सी, डा.रेखा हमाल, गायक सुरज श्रेष्ठ, नायक रमित ढुंगाना, गीतकार सुनिल सङ्गमलागायत अन्य सर्बसाधारणहरुको उलेख्य उपास्थिति रहेको थियो। कार्यक्रमको अन्तिममा ‘बुद्ध बोर्न इन नेपाल’ चलचित्रका सुटिंग टोलीले आफ्नो चालाचित्रका लागि केही दृष्यहरु कार्यक्रम स्थलमै खिचेका थिएका थिए भने उक्त कार्यक्रमको संयोजन जनक भण्डारीले गरेका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस