विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १५ फाल्गुन। अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजको आयोजनामा भगवान शिवको पूजाअर्चना गर्दै महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाईएको छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवमहिमा गाउँदै मीठा–मीठा परिकार, बेलपत्र, गाईको दूध, जौ, चन्दन चढाउदै पण्डित कृष्ण प्रसाद खनाल तथा राजेन्द्र खनालले श्रदालु भक्तजनहरु लाई पुजा अर्चना गराए।

अमेरिकाको व्यस्त जीवनको बाबजुद पनि महिला तथा पुरुष बिहानैदेखि नै शुद्ध भई भगवान् शिवको स्तुति गर्दै एकछाक चोखो खाएर व्रत बस्दै भए पनि अमेरिकामा पनि नेपाल कै जस्तै पूजा अर्चना गरिएको छ। डिसी महानगर क्षेत्र वरिपरिका दाजुभाई तथा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेतीले संस्कृतिको रक्षा गरौ भन्ने मुख्य नारा संस्थाको भएकोले यस्ता पर्व बर्षेनी गरि रहेको जानकारी दिए भने र हाम्रो महान पर्व भएकोले पर्व मनाउनै पर्यो भन्दै सचिब कमल पोख्रेलले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस