क्यालिफोर्निया प्रतिनिधी/ एचकेनेपाल डट कम-
उत्तर क्यालिफोर्नियाको सर्वाधिक पुरानो, ठूलो र छाता संगठनको रुपमा प्रतिश्ठित नेपाली असोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स्)को वार्षिक साधरण सभा उपलब्धीमुलक रुपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष उत्तम कार्कीको सभापतित्वमा भएको सो सभाको सन्चालन महासचिव रविन्द्र राई तथा सचीव सुजित सिंहले संयुक्त रुपमा सन्चालन गर्नु भएको थियो। उत्तर क्यालिफोर्नियाको प्राय सबै प्रमुख शहरहरूबाट सक्रिय प्रतिनिधित्वमुलक सहभागिता रहेको सो सभामा अन्य साधरण सभाको तुलनामा सर्वाधिक उपस्थिती रहेको थियो। निर्वाचन नहुने साधरण सभामा उक्त उपस्थिती उल्लेखनिय एवम् उत्साहजनक भएको पर्यवेक्षकहरू बताउँछन। न्यान्सका सस्थापकद्वय गोविन्द शाही तथा गोपाल खड्गी संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको सो साधरण सभामा न्यान्स उपाधक्ष सुशील फुँयालले स्वागत भाषण गर्नु भएको थियो। महासचीव श्री रविन्द्र राई तथा कोषाधक्ष नारायण प्रसाद पोखरेलले सस्थाको प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो। सो प्रतिवेदनहरू सर्वसम्मतीबट पारित भएको थियो।

बिशिष्ट अतिथिको आसनबाट बोल्दै विद्या सागर योञ्जन, समाज सेवी निर्मल गौचन तथा जनसम्पर्क समीती क्यालिफोर्निया च्याप्टरका अध्यक्ष चन्द्र धिताल लगायतले अध्यक्ष उत्तम कार्कीले प्रतिकुल परिस्थितीमा रहेर पनि सस्थाको उत्तरोत्तर प्रगतीको लागि साहसपूर्वक काम गरेको बताउनु भएको छ। त्यसै गरी न्यान्सका पूर्व अध्यक्ष घन प्रसाद दबाडी, पूर्व उपाधक्ष तेज राई लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो। स्मरण रहोस् गत वर्ष भएको निर्वाचनमा दुई स्पष्ट प्यानल भएको तर एकै प्यानलले सवै स्थान भने जित्न सकेन। यसरी प्रथम उपाधक्ष लगायत केही सदस्यहरू प्रतिद्वन्दी प्यानलबाट भएकोले होला उहाँहरूको यस साधरण सभामा सहभागिता थिएन। उहाँहरूको बर्ष भरी नै बैठकमा उपस्थीती लगायत कार्यक्रममा नगन्यप्राय सहभागिता रहेको थियो। यति हुँदा हुँदै पनि पनि अध्यक्ष कार्कीको साहसिक नेत्रित्वमा सस्थाको प्रतिष्ठा बृदि भएको कुरा उपस्थित सदस्यहरू उल्लेख गरेका थिए।

कार्य समिती सदस्य बाल कृष्ण आचार्यले सस्थाको भावी पाँच बर्षको लागि भिजन कार्यपत्र प्रस्तूत गर्नु भएको थियो जसको सर्वत्र प्रशंसा भएको थियो। सो अवसरमा सभापतित्वको आसन बाट अध्यक्ष कार्कीले सारगर्भित एवम् भावपूर्ण सम्बोधन गर्नु भएको थियो। जसमा आफ्नो नेत्रित्वमा बिभिन्न महत्वपूर्ण उपलब्धी हासिल गर्न सहयोग पुर्याउने सबैलाई आभार प्रकट गर्दै सम्पूर्णलाई साथ दिन आव्हान गरिएको थियो। अध्यक्ष कार्कीले भन्नु भयो, ” यो वीचमा मैले आफ्नो चुनावी घोषणापत्रमा प्रतिवद्दता गरेको पहिलो बुँदा नै सर्वाधिक महत्वपूर्ण र अत्यन्त कठीन कार्यलाई तन मन् धन दिएर लागि परेको तपाइँहरुबाट लुकेको छैन्। “एनएएनसी र यो क्षेत्रका नेपालीहरुको प्रतिष्ठा बृद्धि र दिगो उन्नतिको लागि स्थानीय, क्षेत्रीय र राष्ट्रिय सरकारी तथा गैरसरकारी निकायहरुसँग हातेमालो गर्नेछ।“भन्ने प्रतिवद्दता अनुकुल NANC/NCC को प्रतिनिधित्व गर्दै मैले यु एस हाउसकी पूर्व सभामुख नेन्सी पेलोसी लगायतमा महत्वपूर्ण व्यक्तिहरुसँग समेत भेटेर सामुदायीक केन्द्र बारे कुरा गरेको हजुरहरूलाई थाह नै छ । त्यसै गरी लायन्स इन्टर न्यास्नल सँग पनि हाम्रो छलफल सकारात्मक रुपमा अगाडी बढिरहेको छ र यस बारे औपचारिक छलफल पस्चात त्यसको प्रगती बारे सार्वजनिक गरिने छ।“

अध्यक्ष कार्कीले भन्नु भयो, ” नेपाली सामुदायीक भवन कुनै पनि हालतमा बनाउनु पर्छ भने एक मात्र उद्देश्य लिएर मैले चुनाव लडेको थिएँ। आदरणिय जनसमुदायबाट म निर्वाचित भएको मेरा सम्पूर्ण सहयोगी, मत दाताहरू प्रति म सदैव आभारी रहने छु। यो निर्वाचनले दुबइ प्यानलका साथिहरू निर्वाचित भएकोमा सबै मिलेर जान सक्ने सुअवसर थियो तर दुर्भाग्यवस हाम्रा प्रिय मित्रहरूले यसलाई म चुनौती र व्यक्तिगत इगोको रुपमा पनि लिँदा काम गर्न निकै कठिनाइ परेको कटु सत्य आज मैले हजुरहरूलाई पोख्न परेको छ्।

अध्यक्ष कार्कीले चुनाव सकिएको एक बर्षा बिती सक्दा पनि प्यानल र प्रतिद्वन्दिता कुरा गरेर केही साथिहरूले मलाइ असहयोग गर्नु दुर्भाग्यपूर्ण रहेको र सो कार्यले जनमानसको भावनामा ठूलो ठेस पुगेको बताउँदै उहाँले भन्नुभयो, ” यस अवसरमा म सम्पूर्ण सदस्य र जनसमुदायलाई मलाइ र मेरो टीमलाई निर्बिघ्न काम गर्ने वातावरण बनाउन उचीत पाइलाहरू चाल्न हार्दिक अनुरोध् गर्दछु। स्रीजनात्मक समालोचनाले हामीलाई आफ्नो भूल सुधार गरी अघि बढ्न मद्त गर्छ तर बिरोधको लागी मात्र बिरोध गर्ने प्रब्रित्तीले समाजलाई बिभाजीत मात्र होईन तर विषाक्त पनि बनाउँछ। एन ए एन सी हामि सबैको साझा हो । एकता, भाइचारा र नेपाली प्रतिष्ठाको प्रतीक हो। यसलाई सबैले चोखो मायाँ गरौं। यो पवित्र सस्थालाई केवल विवाद, झगडा र युद्द गर्ने थलो बनाउन जानि नजानी सहभागी भयौं भने हामीलाई सन्तान दर सन्तानले सराप्ने छन् र इतिहासले हामीलाई माफ गर्ने छैन् । तसर्थ उपस्थीत आद्रणिय दाजुभाई दिदिबहिनिहरुलाई बिगतका भिन्नतालाई बिर्सेर नयाँ नेपाली एकता को लागि मुल्य चुकाउन तयार होऔं भन्ने हृदयको देखि आव्हान गर्छु।“

बिहान ११ बजेबाट सुरु भएको सो साधरण सभाको उपस्थिती बेलुकासममा पातलिय पनि बिधान सँसोधनका बुँदाहरुमा महत्वपूर्ण छलफल भएको थियो। अध्यक्ष उत्तम कार्की, महासचीव रविन्द्र राई तथा सल्लाहकार बिनोद भट्टले सन्चालन गरेको सो छलफल अत्यन्त सहभागितामुलक, प्रजातान्तीक रहेको र कतिपय बिबादित बुँदामा खुला मतदान सम्पन्न गर्दै बहुमतको आधारमा निर्णय गरिएको थियो। यो सस्थाको करीव चार बर्ष अघी प्रजातान्त्रिक ढंगले निर्वाचन हुनथाले पछि जनसभागिता ह्वात्तै बढ्नाका साथै प्यानलको राजनितीले पनि मुन्टो उठाएको छ। यसले केही हद्सम्म समाजलाई बिभाजित र बिबादित बनाए पनि प्रजातान्त्रिक सँक्रमणकालको स्वभाविक बिकास प्रक्रियाको रुपमा लीईएको छ।

सो साधरण सभामा माउन्ट एभ्रेस्ट रेस्टुरेन्टले खाना क्याटरीङ गरेको थियो भने उक्त साधरण सभामा लायन्स कलब अफ बर्क्ली अन्नपुर्णका चार्टर प्रेसिडेन्ट राजेन थापा, सनी सगरमाथा समाज का अध्यक्ष हरिहर दाहाल, सोही समाजका सस्थापक अध्यक्ष ईश्वर सापकोटा, जनसम्पर्क समीती क्यालिफोर्नियाका अध्यक्ष चन्द्र धिताल, नेपाल विश्व सहयोग संघ एन ए जी सि सस्थापक अध्यक्ष मणी नेपाली पनेरु, क्रियटिभ नेपाल युथ अर्गनाइजेसनका अध्यक्ष तेज लिम्बू क्यालिफोर्निया शेर्पा असोसियसनका अधक्ष आङ छिरिङ शेर्पा, एन डब्लु जी एन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष बिष्णु गुरुङ् एकता, एन सी तमु समाजका पूर्व अध्यक्ष भुपेन्द्र गुरुङ, नान्सका पूर्व अध्यक्ष यान राई, युनाइटेड किरात राई असोसियन अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष देव राई जन संपर्क समीती क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष द्व्य राजन बर्तौला तथा बिनोद् भट्ट, नाफ्काका पूर्व अध्यक्ष तथा ग्लोबल नेपाली कल्चरका अध्यक्ष दुर्गा दाहालको उपस्थिती रहेको थियो। त्यसी गरि लुम्बिनी कपिल्बस्तु अभियानका महा सचीव सुरेन्द्र मल्ल, तामाङ् को अपरेशन सोसाइटीका कुमार डोङ, लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी प्रथम उपाधक्ष हेमा पनेरु, नान्स का पूर्व उपाधक्ष दिनेश पोखरेल क्रियटिभ नेपाल युथ अर्गनिज्र्सनका सल्लाहकार द्वय ईश्वर सिटौला तथा कैलास थापा, जनपूकारका संचालक धनन्जय नर सिंह के सी, समाजसेवी राधा शर्मा, समाजसेवी लेक सिंह कार्कि, बिष्णु लामिछाने लगायत सम्पूर्ण संघ सस्थाका प्रतिनिधीहरूको उत्साहजनक उपस्थिती रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस