एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, १६ फाल्गुन। डिभि परेर अमेरिका जाने तयारीमा रहेका एकै परिवारका तीन मृत फेला परेका छन्।
सर्लाही हरिवनका ३४ वर्षीय श्याम महत, उनकी ३० वर्षीया श्रीमती सुनिता महत र उनकी ४ वर्षीया छोरी नानु महत भक्तपुर ठिमी नगरपालिकाको १७ नम्बर मगर गाउँमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
श्याम कोठामा झुण्डिएको अवस्थामा र श्रीमती सुनिता र छोरी नानु सुतिरहेको अवस्थामा मृत भेटिएका हुन्। श्यामसहित उनको परिवार साला नविन कार्कीको घरमा बस्दै आएका थिए। डिभी परेर अमेरिका जाने तयारीमा रहेका श्यामले १० दिनअघि मात्रै गाउँबाट १० लाख रुपैयाँ ल्याएका थिए। घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस