मार्च ९ तारिख बृहत तमू भेलाको आयोजना गरिने
अप्रिल ६ तारिख ‘६ एकान ६’ चलचित्र प्रदर्शन गरिने
सुरज गुरुङ / एचकेनेपाल डट कम-
नेपाली टेलिभिजनमा सर्बाधिक लोकप्रिय हास्य टेली सिरिएल तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरि, शिवहरी पौडेल, जितु नेपाल (मुन्द्रे), सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा), सन्दिप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेश आचार्य र निता ढुंगानाको मुख्य अभिनय रहेको अत्यधिक सफल हास्य ब्यङग्यात्मक नेपाली कथानक चलचित्र “६ एकान ६” यही अप्रिल ६ तारिख आइतबारका दिन सउल दोङदेमुनस्थित दुसान टावर पछाडिको जुङगु कुमिन हेग्वानमा भब्य प्रदर्शन हुदै छ।
दिनेश डिसीद्वारा निर्देशित यस चलचित्र नेपालमा अत्यधिक सफलतापछि बिदेशमा यस चलचित्रको माग दिनानुदिन बढिरहेको छ। यसैक्रममा दक्षिण कोरियामा पनि तमू धिं कोरियाको आयोजनामा काठमाणडौ महानगरपालिकामा बन्दै गरेको तमू संग्रहालय भबन निर्माण सहयोगार्थ मूल उद्देश्यका साथ प्रदर्शन हुन लागिएको हो। साथै तमू धिं कोरियाले द. कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिन गरिमामय उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गरेको छ।
मार्च ९ तारिख बृहत तमू भेलाको आयोजना गरिने
तमू धिं दक्षिण कोरियाले यही मार्च ९ तारिख आइताबारका दिन बृहत तमू भेलाको आयोजना गर्ने भएको छ र उक्त दिन दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण तमू ब्यबसायीहरु, तमुधिंका सल्लाहकार ज्यूहरु, सम्पूर्ण तमू कलाकारहरु, विद्यार्थीहरु, तमू पत्रकारहरु र सम्पूर्ण कोरिया बाशी तमू दाजुभाई दिदीबहिनीहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थित भईदिनुहुन तमू धिं द. कोरियाले हार्दिक अनुरोध गरेको छ। साथै उक्त दिन खानको पनि व्यवस्था गरेको छ।
मिति: २०१४ मार्च ९ तारिख
स्थान: तमू धिं द. कोरिया कार्यलय सिन्सल दोङ सउल
समय: दिनको ठिक ११ बजे