एचकेनेपाल डट कम समाचारदाता-
बोस्टन, अमेरिका। अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुने साहित्यिक कार्यक्रम सिर्जना उत्सवको १९ औ शृंखला सम्पन्न भएको छ।

हरेक महिनाको अन्तिम आइतबार हुने यस पटकको कार्यक्रममा बिभिन्न राज्यका कविहरुको सहभागिता होस् भन्ने उद्धेश्यले कन्फरेन्स कल मार्फत कविता वाचनको व्यवस्था मिलाइएको थियो।

कार्यक्रममा बोस्टन, भर्जिनिया, न्युयोर्क. न्युह्याम्पशायर लगायतका राज्यका कविहरूले आआफ्नो सिर्जना वाचन गरे। खसखस डटकम पत्रिकाका सम्पादक वासु श्रेष्ठको सहयोगमा रेकर्ड गरिएको उक्त कार्यक्रम छिट्टै खसखसको वेब पेज मार्फत पनि सुन्न सकिने व्यवस्था मिलाएको छ। कार्यक्रममा डा. शिव गौतम, दिनेश राजभण्डारी, हरि थापा, वासु श्रेष्ठ, भारती गौतम, गोवर्धन पूजा, महेश्वर पन्त, आचार्य प्रभा, मणि बाङ्गदेल, अनु शाह, दीपा राई पुन, हरि काफ्ले, ममता कर्माचार्य, भक्त गुरुङ, राकेश काफ्ले, धन लेप्चा, माधव गुरुङलगायतले कविता, गज़ल र रुवाई प्रस्तुत गरे।

कार्यक्रममा कविता वाचन पश्चात डा. शिव गौतमले आगामी दिनमा यस किसिमको कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकका कविहरूलाई पनि सहभागिता गराउनसके कार्यक्रमको बेग्लै महत्व रहने बताए। त्यस्तै आचार्य प्रभाले यस किसिमको प्रबिधि मार्फत नियमित रूपमा विश्वका बिभिन्न मूलुकमा रहेका सर्जकको सिर्जना सुन्ने र सुनाउने गर्दा लेखनमा नयापन आउने बताइन्। कार्यक्रममा दीपा राई पुनले सिर्जना उत्सवले सधै नयाँनयाँ कार्यक्रम लिएर आउने बताइन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस