बिनोद श्रेष्ठ “क्रान्ति “/एचकेनेपाल डट कम –
दुबई, ११ फागुन। नेपाली जनप्रगतिशील मञ्च युएईले १९ औ जनयुद्ध दिवस गत शुक्रबार बरदुबईको एभरेष्ट होटलमा भब्य रुपमा मनाइएको छ।

हेमन्त पौडेलको अध्यक्षता तथा उत्तम अधिकारीको प्रमुख आथित्यमा संचानल गरिएको उक्त कार्यक्रममा नेपालको ऎतिहासिक १० बर्षे जनयुद्धका दौरानमा मृत्‍यु भएका महान् शहिदहरूप्रति भाव पूर्ण श्रद्धाञ्जलि स्वरुप १ मिनेट मौन धारण गरी जनबादी गीतसँगै कार्यक्रम शुरु गरिएको थियो।

जनप्रगतिशील मञ्च, क्षेत्रिय समिती दुबइका उपाध्यक्ष अनुप केसीले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए। छबीलाल सापकोटाले क्रान्तिकारी कबिता बाचन गरी कार्यक्रमलाई निकै भाबुक बनाएका थिए। नेपाली आर्थिक, सास्कृतिक परिबर्तनमा नेपालको माओबादीले बगाएको रगतले कुनै परिबर्तन गर्यो या गरेन जनयुद्धलाई एउटा ईतिहासका पानाहरुमा मात्र सिमिति नहोस् भन्दै जनयुद्धमा लामो समय योगदान गरेर अहिले युएईमा रहदै आएका बिनोद लामिछनेले पार्टी एकातिर अति दक्षिणपन्थी र अर्कोतिर अति उग्रपन्थीहरुको बिचारले ग्रसित र थिलथिलो बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए। प्रबासको समस्या समाधानमा ध्यान दिनु पर्ने धारणा ब्यक्त गर्दै भिम श्रेष्ठले सबैसंग सहकार्य गर्दै युएईमा रहेका नेपालीहरुको मन जित्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए। मन्तब्यकै क्रममा मञ्चका बिभिन्न क्षेत्रबाट उपस्थित प्रतिनिधिहरू पुष्पा कार्की, मेघराज साप्कोटाले नेपालको जनयुद्धका बारेमा आफ्ना भनाईहरु राख्ननु भएको थियो।

मुल पार्टी एकीकृत माओवादीभित्र पक्कै पनि सुधार आउनु पर्ने भन्दै युएई पार्टी सेक्रेटरी उत्तम अधिकारीले बिगतका कमि कमजोरीलाई आत्मसात गर्दै प्रबासका समस्यासगै मंचले पनि पार्टीलाई सुझाब राख्ने बताउनु भयो। मजदुर मंच युएईका पूर्ब अध्यक्ष शम्भु वाइबाले जनयुद्ध पश्चात देशको युवा शक्ति बैदेशिक रोजगारीमा आएर ज्यान गुमाउनु पर्ने अबस्थाले शहिदहरुप्रति सम्मान हुन नसकेको गुनासो गर्दै मुख्य त पार्टीसगै ट्रेड युनियनले पनि प्रबासमा रहेका समस्या नहेरेको आरोप वाइबाको थियो।

सल्लाहकार पिताम्बर पोखरेलले संगठनमा समन्वय गरेर जाँदा बिस्तारमा सफलता हुने बताउनु भएको थियो। रेमिट्यान्सबाट देशको अर्थ तन्त्र थामेको यस अबस्थामा यहाँका समस्याप्रति पार्टीले ध्यान पुर्याउन नसकेको यस अबस्थामा मुख्यत संगठनले प्रबासमा रहेका श्रमिकहरुका बारेमा पनि ध्यान दिन जरुरी छ,म सम्बन्धित निकायमा आबाज पुर्याउने छु। साथीहरुबाट सहयोगको अपेक्षा गरेको युएईमा अहिलेसम्म जनप्रगतिशील मंच अग्रस्थानमा रहेको पीडितहरुका लागि आफ्नो सधै अग्रसरता रहने अध्यक्ष हेमन्त पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भएकोछ। कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिएको थियो। दोश्रो चरणको कार्यक्रममा सेक्रेटरी तथा मञ्चका बरिष्ठ सल्लाहकार उत्तम अधिकारीले नयाँ कार्यसमितिको प्रस्ताब राख्नु भएको थियो। उपस्थित भेलाले बर्तमान अध्यक्ष हेमन्त पौडेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। जसमा अध्यक्ष – हेमन्त पौडेल ,उपाध्यक्ष क्रमश- शुरेश ढकाल, कृष्ण भाट,महासचिव – बाबुराम विश्वकर्मा ,सचिव – विनोद लामिछाने ,कोषाध्यक्ष – मेघराज सापकोटा ,सहकोषाध्यक्ष – मिलन गुरंग ,प्रवक्ता – लक्ष्मण लामिछाने छन् भने सदस्यहरू क्रमश – धर्म ढकाल,हरिसागर कंडेल,ऋशिराम पाठक ,पुष्पा खत्रि,सुदिप कार्की ,छबिलाल सापकोटा,नेत्र अर्याल ,गोपाल ढकाल रहेका छन्। कार्यक्रमको संचालन मंचका महासचिब बाबुराम बिकले गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस