सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम-
आशफोर्ड,युके / सहयोग भन्ने मनबाट गरिने कुरा हो| परोपकारी कामको लागि सहयोग गर्ने मन नहुने व्यक्ति समाजमा सायदै मात्र भेटिन्छन होला जुन कुरा सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले आयोजना गरेको च्यारिटी डिनर साँझमा सदस्यहरुले देखएको उत्साहपूर्ण सहभागिताले प्रष्ट पारेको छ|

१५ फेब्रवरी २०१४ शनिवारका दिन स्थानीय साइमन हलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा मन्त्री डेमियन ग्रीन उपस्थित भएका थिए भने कार्यक्रममा स्थनीय काउन्सिलरहरु ,समाजका विशिष्ट व्यक्तिहरु ,स्थानीय व्यवसायीहरु ,आशफोर्डवासी एबं गैर आशफोर्डवासीहरुको बाक्लो उपस्थिति रहेको थियो|

नेपाल एबं बेलायतको राष्ट्रिय धुन बजाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा समाजका विशिष्ट उपाध्यक्ष एबं कार्यक्रमका संयोजक एबं संचालक श्री लिम्बूले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको उदेश्यको बारेमा अध्यक्ष पोपिराज राईले प्रष्ट पारेका थिए |समाजले मार्च २०११ बाट आफ्नै मौलिक नेपालीपन बोकेको साझा नेपाली हल किन्ने योजना अनुरुप काम अघि बढिरहेको अध्यक्ष राईले सम्पूर्ण उपस्थित महानुभावहरुलाई जानकारी गराएका थिए | मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि मन्त्री ग्रिनले आशफोर्डवाशी नेपालीहरुले उदाहरणीय काम गरेकोमा तारिफ गर्दै सफलताको शुभकामना दिएका थिए|

कार्यक्रममा सांस्कृतिक सह-सचिब मिसेस कृष्णा राईको नेतृत्वमा स-साना नानीहरुले बिभिन्न नृत्य तथा गीतहरु गएर पाहुनाहरुलाई भरपूर्ण मनोरंजन प्रदान गरेका थिए |कार्यक्रममा समाजले गरेका कामहरुको प्रोजेक्ट स्लाइड सो पर्दशन पनि गरिएको थियो | समाजलाई अमुल्य सहयोग पुर्याउने श्री गणेश वनेम लिम्बू र फुर्बा शेर्पालाई प्रमुख अतिथिको बाहुलीबाट “भोलेन्टियर अफ द इअर २०१३” को सम्मान स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो|

कार्यक्रममा स्थानीय एभरेष्ट इन रेष्टुरेन्टले पहिलो चरणको ड्रिंक्स र थ्री कोर्ष खानाको व्यवस्था गरेको थियो भने पेय पदार्थहरुको लागि छुटै बार संचालन गरेको थियो| उक्त साँझलाई थप मनोरंजन प्रदान गर्दै सहयोग जुटाउने उदेश्यले भाग्य राफल चिठा,रिभर्स अक्सन आदि कार्यक्रमहरु पनि सहभागी गरिएको थियो|महिला कमिटी एबं भूतपूर्व मेयर श्री रोबर्ट डेभिडसन् र उनका पत्नी श्रीमती डेफनीको टिमले राफल र गोपाल राईको टिमले अक्सन एबं केकको वजन पत्ता लगाउने प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेका थिए|

औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्णलाई मुरी मुरी धन्यवाद दिए पश्चात कार्यक्रम औपचारिक रुपमा अन्त्य भएको थियो भने त्यस पश्चात स्टेज कक्टेल डान्सको लागि खुल्ला गरिएको थियो |कार्यक्रममा स्थानीय डि.जे. बिसी राईले साउन्ड सिस्टममा सहयोग गरेका थिए भने कार्यक्रमको भिडियो रेकर्डमा लोकेन लिम्बूको टिमले सहयोग गरेका थिए |कार्यक्रम रातको ११ बजे अन्त्य भएको थियो|

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस