तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा, कतार। वैदेशिक रोजगारका सिलसिलामा कतारमा कार्यरत् मोरङ्ग उर्लावारीका युवा नवीन पौड्यालले नविन फाउण्डेशन फर एजुकेसन एण्ड स्पोर्टस् (Nabin Foundation for Education & Sports) नामक सामाजिक संस्थाको स्थापना गरेकाछन्।


यस संस्थाका संस्थापक अध्यक्ष पौड्यालले संस्थाको स्थापनासंगै शिक्षा प्राप्त गर्न कोही पनि बन्चित नहोस् भन्ने उद्धेश्यले आफ्नो प्रत्येक महिनाकोे तलवको ५ प्रतिशत रकम शिक्षाक्षेत्र र खेलकुद क्षेत्रमा लगानी गर्ने अठोट गर्दै यो फाउण्डेशन स्थापना गरेको बताए।

संस्थापकअध्यक्ष पौड्यालले उर्लावारी–६ मंगलवारेस्थित सुनपकुवा उच्च माविमा कक्षा १ देखि १० सम्मका आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृतिको व्यवस्था गरिसकेकाछन् भने सोही विद्यालयलाई एकथान कम्म्युटर समेत हस्तान्तरण गरेकाछन्। सोही विद्यालयका कक्षा १ देखि १० सम्मका विपन्न तर जेहेन्दार छात्रछात्रालाई कापी कलम, जाडोको लागि कपडा समेत उपलव्ध गराएका थिए ।
छात्रवृति उपलब्ध गराइएका विद्यार्थीहरुका अध्ययनको अनुगमन पनि फाउण्डेसनले गर्ने र विद्यार्थीहरुका पढाइको क्रममा आवश्यक पर्ने अन्य सहयोग समेत गर्ने पौड्यालले बताए।

पौड्यालले हालै रोल्पा जिल्लाका विपन्न परिवारका बालविलिकालाई आर्थिक सहयोग स्वरुप रु.२,८०० रोल्पा जलजला सेवा समाज कतार मार्फत सहयोग गरेकाछन्। कमर्सियल वैंक अफ कतारमा कार्यरत् पौड्यालले खेलकुलको विकासमा समेत सहयोग पुरयाउने बताउदै विद्यालयहरुलाई खेलकुद सामाग्री उपलब्ध गराउने तथा खेलकुद कार्यक्रमहरु आयोजना गरेर गाँउ, जिल्ला र देशव्यापी विद्यालयहरुको खेलकुद विकासमा अभिवृद्धी गर्ने फाउण्डेसनको योजना रहेको बताए।

आफू शिक्षित भए परिवार,परिवार शिक्षित भए गाँउ, गाँउ भए समाज र देश समेत शिक्षित हुन्छ भन्ने फाउण्डेसनको मुल अवधारणा रहेको छ। फाउण्डेसनले आफ्नो गाँउ हुदै देशव्यापी सरसफाईको अभियान संचालन गर्ने योजना रहेको बताउदै आफ्ना स्वर्गीय हजूरवुवाको स्मृतिमा निकट भविष्यमा वुद्धाश्रम संचालन गर्ने फाउण्डेसनका संस्थापक अध्यक्ष पौड्यालले जानकारी दिए। यो नाफामुलक नभई सेवामूलक संस्थाको रुपमा आफ्नो आर्जनको ५ प्रतिशतबाट संचालन गरिने संस्था भएको र सबै युवापिढीहरुलाई पनि आफ्नो १०० रुपैयाको आर्जनबाट ५ रुपैया सामाजिक संस्थाको रुपमा खर्चगरेपनि ९५ रुपैया आफूसगै रहने र आफ्नो आयको ५ अंशको लगानीलेपनि शिक्षा क्षेत्रमा ठूलो सहयोग हुनसक्छ भन्ने सबैलाई प्रेरणा होस् भन्नेपनि आफ्नो चाहना रहेको र युवापिढीलाई आफू, गाँउ, समाज र देशमा यस्तै किसिमको सेवामूलक कार्यक्रमहरु संचालन गरेर शिक्षाको ज्योती छर्न अनुरोध समेत गरेकाछन्। फाउण्डेसनले आजका युवापिढीहरुको राय, सल्लाह र सुझावको सधै स्वागत गर्ने र पत्राचारका लागि nffes@yahoo.com मा आफ्नो राय सल्लाह र सुझाव पठाउन हार्दिक अनुरोध समेत गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस