एचकेनेपाल डट कम संवाददाता-
फेब्रुअरी १२ देखि १९ सम्म आयोजित दोस्रो अन्तर्राष्ट्रिय ग्योरोगी तथा पुम्से प्रशिक्षक प्रशिक्षण तालिममा नेपालले सहभागिता जनाएको छ।

बिश्व तेक्वान्दो महासंघ डब्लुटिएफको आयोजनामा दक्षिण कोरियाको दाङजिनस्थित सिन्सुङ युनिभर्सिटीमा सम्पन्न सो प्रशिक्षण कोर्समा नेपालको तर्फबाट ३ जना नेपालीहरुले सहभागिता जनाए।

नेपालको तर्फबाट सहभागिता जनाउनेहरुमा चितवन जिल्लाका प्रशिक्षक बिकास श्रेष्ठ, दाङ जिल्लाका प्रशिक्षक मोहन सुनार र काठमाडौका अशोक खड्का रहेका छन्।

तस्वीरः नेपाल कोरिया न्युज

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस