Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङ कार्यकारी प्रमुखमा सीवाई लियुङ निर्वाचित

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २५ मार्च । लियुङ चुन यिङ (सीवाई लियुङ) चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको कार्यकारी प्रमुखमा निर्वाचित भएका छन्। हङकङ सरकारको सल्लाहकारसमेत रहिसकेका लियुङ ५ वर्षको लागि हङकङको कार्यकारी प्रमुखका रूपमा निर्वाचित भएका हुन्।

१२०० मध्ये ५७ वर्षीय लियुङ्गको पक्षमा ६८९ मत खसेको थियो भने उनका प्रतिद्वन्दी हेन्री टान २८५ र अल्बर्ट होको पक्षमा ७६ मत खसेको थियो।

अत्यधिक मत अन्तरले विजयी भएका लियुनले निवर्तमान कार्यकारी प्रमुख डोनाल्ड चाङको बहिर्गमनपछि आगामी जुलाई १ तारिखका दिन आफ्नो कार्यभार सम्हाल्ने छन्।

निवर्तमान कार्यकारी प्रमुख चाङले लियुनको विजयमा खुशि व्यक्त गर्दै उनको कार्यकाल सफलताको लागि शुभकामना दिएका छन्। त्यसैगरी चाङले हङकङका जनतालाई एकताको लागि अपिल गरेका छन्।

यसअघि, कन्भेन्सन सेन्टरमा मतदान भइरहंदाको बाहिर परिसरमा भेला भएका हजारौं प्रदर्शनकारीले हङकङमा पूर्ण प्रजातन्त्रको माग गर्दै नाराजुलुस गरेका थिए।

तस्वीर सौजन्यः ब्लुमबर्ग

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by