रमेश खावाजु/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, अनिश खालिङलाई बचाउन दक्षिण कोरियाबाट अरुण श्रेष्ठ (इपिएस छिङ्गु)को पहलमा संकलन गरिएको २ लाख १० हजार रुपैयाँ नेपालमा सरिता श्रेष्ठमार्फत खालिङकी श्रीमती रविता राईलाई ११ फेब्रुअरीमा हस्तान्तरण गरेकी छिन्।
“अनिश खालिङ बचाउ अभियान ” द्वारा काठमाडौं अनामनगरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा अरुण श्रेष्ठको बहिनी सरिता श्रेष्ठले पहिलो चरणको रकम हस्तान्तरण गरेकी हुन्। दोश्रो चरणको रकम फेब्रुअरी १६ तारिकमा NRN कोरियाको रोहबरमा पत्रकार सम्मेलन गरी संकलित रकम हस्तान्तरण गर्ने अरुण श्रेष्ठले बताए। उनले दुबई अदालतबाट मृत्यु दण्डको फैसला सुनाइएका अनिश खालिङ बचाउ अभियानमा निस्वार्थ भावले सहयोग गर्नु हुने सम्पूर्ण साथीहरुमा धन्यबाद ब्यक्त गर्नुका साथै आउदा दिनहरुमा पनि निरन्तर रुपमा दुखि,गरिब नेपालीहरुलाई सहयोग गर्ने बताए।
दक्षिण कोरियामा सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीहरुलाई सहयोग गरेर होस् या कोरियामा विभिन्न दुर्घटना तथा मृत्यु भएका नेपालीहरुलाई आर्थिक सहयोग गरेर होस् अरुण श्रेष्ठले निरन्तर रुपमा नेपालीहरुलाई सहयोग गरिरहेका छन्। अरुण श्रेष्ठले यसघि पनि कोरियाबाट आफ्नो नेतृत्वमा काभ्रेको श्री लक्ष्मी नारायण बिद्यालयमा पुस्तकालय स्थापना गर्न रु. २५ हजार तथा बम बिष्फोटमा परी घाइते बालक समीर खड्कीको लागि रु १ लाख १५ हजार सहयोग संकलन गरि नेपाल पठाएका थिए। कोरियामा मजदुरी गरेर बचेको समयलाई सहि सदुपयोग गर्दै नेपालीहरुको सहयोगमा खर्चिदै आएका “इपिएस छिन्गु ” नामले चिरपरिचित अरुण श्रेष्ठको यी कार्यहरु निकै तारिफ योग्य छ।
