विनोद रखाली मगर / एचकेनेपाल डट कम-
गल्याङ्, २ फागुन। स्याङ्जा पेलाकोट १ देविथानमा गल्याङ्देखि निवुवाखर्क छुटेको लु. १ ज ११८७ नम्वरको यात्रुवाहक जीप शुक्रवार दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएका छन्।

सिमसिम पानी परेकाले कच्चि वाटोमा चिप्लन पुगी दुर्घटना भएको जिपमा सवार यात्रुहरुको भनाई छ।

घाइतेहरुको गल्याङ् सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। जिपमा करीव १० जना यात्रुहरु रहेको वताइन्छ। वर्षातको समयमा कच्चि सडकमा चिप्लो वाटो हुँदा मोटरसाइकलमा यात्रा गर्ने धेरै यात्रुहरुसमेत प्रभावित भएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस