रमेश खावाजु/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया। कोरियाको महान चाड सलनालको अवसरमा नेवाः पुचः दक्षिण कोरियाको आयोजनामा “भिन्तुना बृहत साँस्कृतिक सौगात” सफलताका साथ सम्पन्न भएको छ।

नेवाः पुचः आपतकालीन कोष र नेपालका बिपन्न वर्ग र गरिबको सहयोगको लागि सम्पन्न उक्त कार्यक्रम दुइ चरणमा विभाजित थिए। नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष गुरुज्यू नबिन बज्राचार्यको सभापतित्वमा भएको पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदूतावासका राजदूत कमानसिंह लामा, अतिथिहरु म्योगाक्सा गुम्बाका प्रमुख हुङ्ग्फ़ा सनिम, एन.आर.एन एसिया पसिफिकका संयोजक गंगा राई, एन.आर.एन कोरियाका अध्यक्ष बिनोद कुँवर, एन.आर.एन कोरिया आईसीसी प्रतिनिधि.के.पी सिटौला, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, भिन्तुना बृहत् सांस्कृतिक सौगात कार्यक्रम संयोजक पुरु जोशी, वोमेन फोर वोमेनका अध्यक्ष जुनु गुरुङ, वरिष्ठ गायक दिप श्रेष्ठलगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि राजदूत लामाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य तथा आ आफ्नो धारणाहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला तथा श्रम सहचारी अनिल गुरुङ तथा करिब ५५ वटा कोरियामा रहेका सक्रिय संस्थाहरुको उपस्थिति रहेको कार्यक्रमका संयोजक पुरु जोशीले बताए। कार्यक्रममा स्वागत मन्तव्य संयोजक पुरु जोशीले,कार्यक्रम संचालन संतोष श्रेष्ठ तथा समापन अध्यक्ष गुरुज्यु नबिन बज्राचार्यले गरेका थिए।

दोस्रो चरणको कार्यक्रम हाँस्य कलाकार मनोज गजुरेलले संचालन गर्नु भएको थियो। वरिष्ठ गायक दिप श्रेष्ठ, कमेडियन मनोज गजुरेल, गायिका मिलन अमात्य, गायिका सिने गुरुङ, गायक कमलमान सिंह तथा स्थानीय कलाकारहरु रमेश श्रेष्ठको नेतृत्वमा गायक भरत गुरुङ, पूर्णिमा गुरुङ, स्वीटी तामाङ, सन्ध्या बुद्धाचार्य, अनिमा सिंह तथा विदेशी कलाकारहरुको समूह, अशोक थुलुङ्ग, अरुण श्रेष्ठ( EPS CHINGU) साथै सुनाखरी ब्याण्डले पनि दर्शकहरुलाई भरपूर मनोरंजन प्रदान गरेका थिए। झरीले कार्यक्रमलाई सुरुमा केहि असर पारेतापनि सांस्कृतिक कार्यक्रममा भने उल्लेख्य रुपमा उपस्थित भएका थिए।

नेपालबाट आएका गायक गायिकाहरुले आफ्ना उत्कृष्ट प्रस्तुतिहरुले दर्शकहरुलाई भरपूर मनोरंजन प्रदान गरेका थिए। कार्यक्रममा मिलन अमात्यले गाएको ” बट स्लोली स्लोली” तथा “गाला रातै” गीतहरुले दर्शकहरुलाइ उफ्री उफ्री नाच्न बाध्य बनाएको प्रष्ट देखिन्थ्यो। दिनभरी परेको झरीमा रुझेर भएपनि भिन्तुना बृहत साँस्कृतिक सौगातमा सहभागी भएका दक्षिण कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु लगायत अन्य नेपालीहरुमा नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष गुरुज्यू नबिन बज्राचार्यले धन्यबाद ब्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस