एचकेनेपाल डट कम संवाददाता-
पाल्पा, २३ माघ। पाल्पाको चिदीपानी भालुखोलामा बुधवार राति बस पल्टिँदा १४ जनाको मृत्यु भएको छ। घटनामा ७ जना गम्भीर घाइते भएका छन्।

पाल्पा बस दुर्घटनाः ११ को सनाखत। मृत्यु हुनेहरूमा गाडी धनी भिमगिठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ वर्षीय मोहन केसी, चालक पाल्पा मुझुङ्गका ३३ बर्षीय रोमनसि सारु, गुल्मी सिमिचौर–६ का डिङ्गबहादुर बस्नेत, भरतपोखरी–१ कास्कीका बुद्धिबहादुर बिक, मोरभाङ्ग– ९ रुकुमका ३८ वर्षिय राजबहादुर गुरुङ्ग, पर्वत ठुलीपोखरीका बाबुराम आचार्य, पर्वतकै फौलालाकुरीका ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्टराई, मोरङ्ग बिराटनगरका ४९ बर्षीय गोपाल ढकाल, बर्दिया मगरागढी–९ का २१ बर्षका बिराटसिं ठकुरी र मगरागढीकै रामवली रहेका छन्।

पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नं को बस सिद्धार्थराजमार्गको आर्यभन्ज्याङ नजिक चिदीपानीबाट झण्डै तीनसय मिटर तल भालुखोलामा खसेको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

अन्य समाचारहरूको लागि यहाँ क्लिक गर्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस