स्कटल्याण्ड/युके स्कटल्याण्डको एबर्डीन शहरमा जलबायु परिबर्तनको असर प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले एक सामुदायिक कार्बन न्युनिकरण योजना सुरु भएको छ।

उक्त योजना कार्यान्वयनका लागि स्कटिस सरकारको क्ल़ाईमेट च्यालेञ्च फण्डले करिब ५० लाख रुपैंया बराबरको सहयोग प्रदान गरेको छ। स्कटल्याण्डको संसदले स्कटल्याण्डमा किर्याशील नेपाली संस्था” अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू )” लाई हालै एक प्रस्ताब पारित गरि नेपाली समुदायको यो सफलताको लागि बधाई ज्ञापन गरेको छ। एबरडिन सेन्ट्रलका एमएसपी (सांसद ) केविन स्टेवार्डले संसदमा ओएनसीडब्लूलाई बधाई ज्ञापन प्रस्ताब प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष दिपेश रेग्मी उक्त कार्बन न्यूनीकरणको कार्यक्रमले नेपाली समुदायमा रोजगारीको सिर्जना पनि गरेको बताउदै आगामी दिनमा यस्तै प्रकारको कार्यक्रमहरु थप संचालन गर्ने बताउनुहुन्छ। यस्तै संस्थाका सल्लाहकार डा सोहन घिमिरे यस कार्यक्रमले नेपाली समुदायबाट २३६ टन कार्बन न्यूनीकरण गर्ने उद्देश्य रहेको र नेपाली समुदाय मा कार्बन न्युनिकरण सम्बन्धि बिबिध सचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने बताउनुहुन्छ। संस्थाका सहसचिब संतोष गैह्रे उक्त कार्यक्रम अन्तर्गत घरभित्र उर्जा कम खपत गर्ने विभिन्न तालिमहरु, साइकल क्लब, घरमा गार्डेनिंग, तरकारीहरु उत्पादन, सचेतनामुलक रेडियो कार्यक्रमहरु पनि संचालन गरिने बताउनुहुन्छ। अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू )ले स्कटल्याण्ड सरकारको अर्को सहयोगबाट हेल्थ वाक ( स्वस्थ हिडाई कार्यक्रम, बिभिन्न नेपाली संस्कृति प्रबर्धन गर्ने कार्यहरु समेत गरिरहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस