सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा २१ माघ। नवल टुर्स एण्ड ट्राभल्स प्रालिले पोखरा दिल्ली बस सेवा संचालन गर्ने भएको छ । पर्यटकीय शहर पोखरालाई मध्यनजर गरेर प्रालीले आगामी फागुनको पहिलो हप्तादेखि बस सेवा सञ्चालनमा ल्याउन लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो।

तस्वीरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम

पत्रकार सम्मेलनमा वोल्दै प्रालिका म्यानेजिङ डाईरेक्टर धर्मराज आचार्यले आगामी फागुनको पहिलो हप्तादेखि पोखरा दिल्ली वस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । नेपाल भित्रिने पर्यटक मध्ये सार्क मुलुकका ५० तथा अन्य मुलुकका २० प्रतिशतहर सडकमार्ग हुदै पोखरा आउने भएकाले त्यसलाई मध्येनजर गरेर प्रालिले ५ वटा सुविधासम्पन्न पर्यटक बसहरु सञ्चालन गर्न लागेको वताए।

हप्तामा ३ दिन (सोमबार, बुधबार र शुक्रबार) पोखराबाट दिल्लीको लागि सेवा संचालन गर्ने र यसलाई पछि बढाएर दैनिक रुपमा सेवा संचालन गर्ने प्रालिले जनाएको छ । दैनिक बिहान ११:३० बजे पोखराबाट दिल्लीको लागि छुट्ने बस पोखरा नारायणगढ सुनौली हुँदै भारतको नयाँ दिल्लीमा पुग्ने प्रालिले जनाएको छभने पोखरा देखी दिल्लीको यात्रा ३० घण्टाको रहने प्रालिका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए । ५ करोडको लगानीमा ११ जना शेयर सदस्य रहेको प्रालिले शुभारम्भको अवसरमा प्रति यात्रु भाडा दर २ हजार ६ सय निर्धारण गरिएको छभने ए.सी.सहितको वसमा ३२ सय भाडा दर कायम गरेकोे छ । वस ३५ सिट क्षमताको रहेको प्रालिले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस