Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

परीक्षाबाट निष्कासित छात्राको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
रुकुम, ११ चैत । एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ। अनिवार्य गणित विषयको परीक्षा भइरहेको बेला परीक्षाबाट निष्कासन भएकी अर्दना पुन त्यसलगत्तै अचेत भएकी थिइन्।

झुल्खेतको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी चुनवाङ-७ रोकाडाँडाकी १७ वर्षीया अर्दना पुनको मृत्यु भएको हो।

जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा गएराति पुनको मृत्यु भएको हो।

भर्ना गरेको केही समयमै पुनको अवस्थामा सुधार आएको भए पनि उनी पुनः अचेत भएको उपचारमा संलग्न जनस्वास्थ्य निरीक्षक शिवनारायण रजकले जानकारी दिए।

पुनको तनावकै कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ। मृतक पुन नेपाल राष्ट्रिय उमावि चुनवाङकी विद्यार्थी हुन्। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by