सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
कास्की परिवार दक्षिण कोरियाको तदर्थ समितिको आयोजनामा सउल दोङ्गदेमुनस्थित पुजा २ रेष्टुरेण्टमा बृहत भेला तथा दिवा भोज कार्यक्रम सम्पन्न भएको छ।
समितिको पूर्व उपाध्यक्ष नविन गुरुङ्गको अध्यक्षतामा सम्पन्न भेलामा करीव ६०/७० जनाको उपस्थिति रहेको थियो। तदर्थ समितिका सदस्य राम थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। समितिका पूर्व सचिव खोम गुरुङ्गले संस्था र सो भेला सम्बन्धी प्रकाश पार्नु भएको थियो।
कास्की परिवारको साधारणसभा गत डिसेम्बर ४ तारिखका दिन सम्पन्न भएको भेलामा विभिन्न समस्या र परिस्थितिको बावजुद कार्यसमितिको गठन हुन सकेको थिएन। कार्यसमिति गठन हुन नसके पनि केही महिनाभित्रै कार्यसमिति गठन गर्ने गरी ७ जनाको तदर्थ समिति तयार पारिएको थियो। सोही अनुरुप सो भेलामा नविन गुरुङको अध्यक्षतामा १७ जनाको दाश्रो कार्यसमितिको गठन गरिएको छ।
अध्यक्षः नविन गुरुङ्ग
उपाध्यक्षः घम गुरुङ्ग
उपाध्ष्क्षः ऋतु श्रेष्ठ
सचिवः खोम गुरुङ्ग
सह सचिवः राम थापा
कोषाध्यक्षः कमल बस्नेत
सह कोषाध्यक्षः लक्ष्मी शेरचन
सदस्यः अर्जुन श्रेष्ठ
सदस्यः दल बहादुर गुरुङ्ग
सदस्यः ममता गुरुङ्ग
सदस्यः टेक बहदुर गुरुङ्ग
सदस्यः कुल बहादुर गुरुङ्ग
सदस्यः तिल बहादुर गुरुङ्ग
सदस्यः सूर्य थापा
सदस्यः राजेन्द्र खनाल
सदस्यः तेज गुरुङ्ग
सदस्यः एक गुरुङ्ग
खेलकुद संयोजकः क्षेत्र गुरुङ
सहसंयोजकः के.वी. थपा
संचार संयोजकः सुरज गुरुङ
सह संयोजकः राजेन्द्र जैसी
अन्त्यमा अतिथिहरु नेको परिवारका अध्यक्ष बेल गुरुङ तमू धी कोरियाका उपाध्यक्ष भु गुरुङलगायतका अतिथिजनहरुले नयाँ कार्यसमितिलाई शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्